Jilla Ban Notis

लिटिल बुद्ध एजुकेशन फाउण्डेसनकी तिर्सना गौडको ४ जिपिए प्राप्त

0 145

असार –२३

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा रहेको लिटिल बुद्ध एजुकेशन फाउण्डेसनमा अध्ययनरत तिर्सना गौडले एस इ इ मा ४ जिपिए प्राप्त गर्न सफल भएकी छन् । तिर्सनाले ४ जिपिए ल्याएसंगै विद्यालयले जिल्लामै उत्कृष्ट भएको दाबी गरेको छ ।

प्रिन्सिपल कृष्ण प्रसाद घिमिरेले एक सामान्य परिवारकी तिर्सनाले निकै लगनसिल भएर अध्ययन गरेका कारण सफलता प्राप्त गरेको बताउनुभयो । तिर्सना सरावल गाउँपालिका वडा नम्बर ५ दुबौलीयाका सुवास गौड र अनितादेवी गौडकी छोरी हुन् ।

गौड परिवार कृषि कर्म गर्दै आईरहेका छन् । सामान्य परिवारमा जन्मिएकी तिर्सना सानै देखी जिज्ञासु र लगनशिल स्वभावकी थिईन् । उनी आन्तरिक परिक्षा र अतिरिक्त क्रियाकलापमा समेत अब्बल भएको प्रिन्सिपल घिमिरेले बताए ।

घर तथा विद्यालयमा राम्रो शैक्षिक वातावरण भएका कारण आफुले यो सफलता हासिल गर्न सफल भएको तिर्सनाले बताईन् ।

Leave A Reply

Your email address will not be published.