Jilla Ban Notis

प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीमा रोल्पाका टंक बहादुर प्रथम ।

0 44

कृष्ण ढकाल
बर्दघाट,असार १६

पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीमा रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम हुन फलहुनु भएको छ । त्यसैगरी
कपिलवस्तुका शिशिर बन्जाडे द्धितिय हुनु भएको छ भने दाङका नवीन अभिलासी तृतिय हुन सफल हुनु भएको छ । त्यस्तै पदमावती रिजालले शान्तवना स्थान प्राप्त गर्न सफल हुनु भएको छ ।

प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीमा प्रथमलाई २५ हजार , दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार र शान्तवनालाइ १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशमै पहिलो पटक आयोजना गरेको प्रदेश स्तरिय प्रतियोगितात्मक कविगोष्ठीमा १२ वटै जिल्लाबाट कविहरुको सहभागिता रहेको थियो । ईमेलमा आएका ५१ वटा रचनाहरुलाई कविता प्रतियोगितामा सहभागी गराई छनौटमा परेका २७ वटा कविताहरु मध्ये २५ वटा गोष्ठीमा वाचन गरिएको थियो । प्रतियोगितामा डा.श्याम प्रसाद न्यौपाने, कबिराज पौडेल र टिकाराम उदासी मगर मुल्यांकनकर्ता रहनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितात्मक कविगोष्ठीमा बोल्दै प्रदेश सभा सदस्य पाठकले साहित्य समाजको दर्पण रहेको बताउनु भएको थियो । उहांले साहित्य बिना समाज बिकासको परिकल्पना गर्न नसकिने र समाज बिकास नभए सम्म देश बिकास हुन नसक्ने भएकाले देश बिकास हुनका लागि साहित्यको बिकास हुनु जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगर प्रमुख तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक शम्भुलाल श्रेष्ठ,उपप्रमुख तथा संरक्षक रुद्र प्रकाश उपाध्यय लगाएत विभिन्न जिल्लाका साहित्यीक संघ संस्थाका ब्यक्तिवहरुले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कविगोष्ठीमा संयोजक हुमनाथ आचार्यको स्वागत तथा सदस्य सचिब बामदेब अधिकारीको संचालन र उपकुलपति टीका बहादुर पहारीको धन्यवाद मन्तव्य सगै कार्यक्रमको समापन गरीएको थियो ।

 

Leave A Reply

Your email address will not be published.