palhinnada

धन्य सरकार “म नमर्दै पुर्जा पाएँ”

78

प्रकाश न्यौपाने/ नारायण भण्डारी
असार १४, नवलपरासी

उमेरले झण्डै डाँडामाथीको जुन जस्तै भएका बर्दघाट १३ मझौनीका गुहरी चमारलाई सबैभन्दा बढि पिडा दिईरहेको शब्द हो सुकुम्वासी । दुई छोरी र एक छोराका बाबु रहेका चमार ६८ बर्षका भए ।
एक टुक्रा पनि जग्गा आफ्नो नाममा नहुँदा अहिले सम्म भोगेका दुःख खपिनसक्नु र सुनाई नसक्नु छ उनको । यो समयमा उनको पिडा सुन्दा जोकोहीको मन भक्कानीन्छ । चमार भन्छन् “न खनजोत गर्ने खेत न आम्दानीको राम्रो श्रोत छोराछोरी हुर्काउन, पढाउन र विहेदान गरदिन निकै समस्या भयो । आफुले जोतभोग गरेको जमिन भए पनि पुर्जा नहुँदा धितो राखी ऋण लिन पनि पाईन ।” गहभरी आँसु भर्दै गुहरीले पिडा पोखे ।

पुर्जा पाउने आसै आसमा उनका बुबा पल्टु चमारको ७० बर्षमा जीवन सकियो । झण्डै तेही अवस्थामा पुगेका गुहरी घरले जा जा बनले आईज आईज भन्ने उमेरमा भएपनि विहिबार जग्गाधनी पुर्जा प्राप्त गरेपछि भने निक्कै खुसी भए । उनका आँखामा हर्षका आँसु छचल्कीदै गरेको जो कोहीले पनि प्रष्ट देकिन्थ्यो । खुसीका आँसु संग चाउरी परेको अनुहार मुसुक्क मुस्कुराउँदै उनले भने “धन्य सरकार म नमर्दै पुर्जा पाएँ ।”

“पटक पटक बनेका आयोगले पुर्जा दिन नसक्दा मैले त पुर्जा पाउने आस मारेको थिएँ फेरी पनी हामीमाथी राजनितिनै हुने भयो भन्ने सोचेको थिए तर यसपाली त साँच्चिकै पो पुर्जा पाएँ ।” लालपुर्जा देखाउँदै उनी मुस्कुराए ।
गुहरी मात्र होईन पश्चिम नवलपरासीमा उनी जस्तै समस्या भोगेका करिव ५ हजार रहेका छन् । विहिबार राष्ट्रिय भुमी आयोग नवलपरासीले भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरुलाई एक कार्यक्रम आयोजना गरी जग्गाधनी पुर्जा वितरण गरेपछि बर्षौ देखी जग्गा पाउने आसमा रहेका सुकुम्बासीहरु हर्षित भएका छन् ।
शारिरिक रुपमा अशक्त रहेकी आफुल विमला वली मुसहर पुर्जा पाउने खबर पाएर छोरा संगै अटोमा कार्यक्रम स्थलमा पुग्दै गर्दा उनलाई पुर्जा दिन अटो सम्मै पुग्नुभएकी भुमी ब्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठका गाला सुम्सुम्याउँदै भक्कानिएर रोईन् । जब पुर्जा हातमा प¥र्यो विगतका पिडा सम्झिएर उनले आफुलाई सम्हाल्न सकिनन् । सायद लामो समय पछिको पिडाबाट मिलेको खुसीले बगेको आँसुु हुनुपर्छ ।

पुर्जा प्राप्त गर्ने भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरु बर्दघाट १३ का दुर्सइ मुसहरलाई ३ कठ्ठा ३ धुर, रामबदन पासीलाई ८ धुर, मोहमद सलिम देवानलाई १ कठ्ठा १० धुर, मटेलु लोनियालाई २ कठ्ठा १६ धुर, राजकुमार मुसहरलाई ६ धुर, शान्तीदेवी मुसहरलाई १० कठ्ठा २ धुर, सुकइ चमारलाई १२ कठ्ठा, जुठे कहाँरलाई ७ कठ्ठा १३ धुर रहेको जग्गाधनी पुर्जा मन्त्री श्रेष्ठले वितरण गर्नुभयो ।
पहिलोचरणमा १० जना भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासीलाई बर्दघाट नगरपालिकाको आयोजनामा बर्दघाट १३ मा पुर्जा वितरण गरिएको आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले बताउनुभयो । सुकुम्बासीका नाममा राजनिति गर्नेहरु कहिले सांसद त कहिले मन्त्री बने तर सुकुम्बासीहरुको अबस्था भने जस्ताको तस्तै रहयो । सुकुम्बासीहरुलाई राजनितिक अखडा बनाउँदै विभिन्न समयमा सुकुम्बासी समस्या समाधानका लागि विभिन्न आयोगहरु बने तर अस्थीर राजनितिका कारण सरकार परिवर्तन हुने र त्यसको प्रत्यक्ष प्रभाव भुमी आयोगमा देखिदा समस्या ज्युका तिउँ रहयो ।

जिल्लामा सत्यनारायण आयोग र मनसोभा आयोग लगायतका पुराना आयोगका कामहरु अधुरा हुँदा भुमिहिनहरुले जग्गाधनी पुर्जा पाउने आस मारिसकेका थिए । तर २०७९ साल श्रावण महिनामा राष्ट्रिय भुमी आयोग गठन पश्चात पुराना आयोगका अधुरा कामहरु मध्ये १ हजार ९ सय ९६ वटा कित्ताहरुको नक्सा तथा फिल्डबुक प्रमाणिकरण ग¥यो ।
पुर्जा र श्रेस्ता कायम हुन बाँकी रहेको ९ सय ३७ वटा निवेदन आयोगमा प्राप्त भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार भुमिहिन दलित भुमिहिन सुकुम्बासीलाई पुर्जा वितरण गर्न उच्च प्राथमिकताका साथ काम गरिएको छ । “नब्बे वटा पुर्जा श्रेस्ताका लागि निर्णय भैसकेको छ । जसमध्ये १० जनालाई पुर्जा वितरण गर्न पायौं । अत्यन्तै खुसी लागेको छ ।” भण्डारीले भन्नुभयो ।

श्रोत साधनको कमिका कारण तिब्र रुपमा काम गर्न नसकिरहेको राष्ट्रिय भुमि आयोगले बताईरहादा बर्दघाट नगर प्रमुख सम्भुलाल श्रेष्ठले श्रोतका कारण लालपुर्जामा ढिलासुस्ती नहुने बताउनुभयो । उहाँ भन्नुहुन्छ “भुमी आयोग संग श्रोत कम भए पनि बर्दघाट नगरपालिकाले नगरबासीलाई पुर्जा वितरण गर्नका लागि आवश्यक पर्ने काम कारबाहीका लागि आयोग संग समन्वय गरेर श्रोत ब्यबस्थापन गर्छौं ।”

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/