Jilla Ban Notis

सुनवलमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

0 63

गौरीशंकर जयसवाल
परासी, १२ असार
पश्चिम नवलपरासीको सुनवलमा एक महिलाको हत्या भएको छ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका(१३ विचैयापुरमा एक महिलाको धारिलो हतियार प्रयोग गरि हत्या भएको हो ।
सुनवल नगरपालिका(१३ विचैयापुरमा बस्ने ५० वर्षीया बुद्धरानी मुसहर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
टिनले छाएको ढोका नभएको कच्ची घरभित्र घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा मुसहरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

श्रीमान र एक छोरासँगै बस्दै आएकि बुद्धरानीको आफ्नै छोराले हत्या गरेको आशंका गरिएको छ । श्रीमान ज्याला मजदुरी गरि गएराति घर फर्कदा घरभित्र श्रीमतीलाई मृत अवस्थामा फेला पारेपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए ।
घटना लगत्तै फरार रहेका मृत्तकका छोरा २५ वर्षीय शिव कुमार मुसहरलाई प्रहरीले रुपन्देहीको गैडिहवा(८ मैनिहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.