sunwal

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीद्धारा युवा मैत्री बजेट विनियोजन गर्न माग ।

144

बर्दघाट,जेष्ठ ७
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले युवा मैत्री बजेट विनियोजन गर्न मागगर्दै जिल्लाका सातै स्थानिय तहलाई ज्ञापन पत्र बुझाएको छ । आज सात ओटै स्थानिय तहका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै युवा संघ नेपालले युवाहरुका लागी उचित निति तथा कार्यक्रम ल्याउन नसक्दा युवाहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै स्थानिय सरकारको ध्यानआर्कषण गराएका थिए।

युवाहरुलाई व्यवसायिक रुपमा कृषि प्रति आर्कषण गर्न कृषक पाठशाला बनाई कृषि उपज विक्रि केन्द्र लगाएतको स्थापना गर्न माग गरिएको अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले जानकारी दिनुभयो । सिमा क्षेत्रमा लागुऔषधका कारण युवाहरु दलदलमा फस्दै गएको भन्दै स्थानिय सरकारलाई गम्भिर बन्दै सचेतना र रोकथामका कार्यक्रम गर्न माग गरेको पाठकले बताउनुभयो ।

स्थानिय स्तरमा लघु उद्यमि बनाउन प्रोत्साहन गर्ने, कमाउदै पढ्दै कार्यक्रमलाई अभियानको रुपमा संञ्चालन गर्नुपर्ने, कृषिमा आधारीत प्रर्याप्त तालिम दिनुपर्ने, प्रतिभाको खोजि गरी खेलकुद लगाएत अन्य सिर्जनात्मक काममा अग्रसर गराउने लगाएका माग राष्ट्रिय युवा संघले गरेको छ ।