Jilla Ban Notis

सुस्ताकाे दुई स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सेवा सुरु

0 35

उमेश बि.क
बैशाख २०

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाकाे दुई स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सेवा संचालनमा आएकाे छ । प्रयाेगशालाकाे आज एक कार्यक्रमकाबीच सुस्ता गाँउपालिकाका अध्यक्ष टेक नरायण उपाध्यायले शुभारम्भ गर्नुभयाे ।

सबै खाले स्वास्थ्य सेवामा नागरिकको सम्मान पहुँच वृद्धिका लागि सस्तो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा सुस्ता गाउँपालिका जुटेको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले सुलभ स्वास्थ्य सेवा सबै जनताको पहुँचसम्म पुर्‍याउने काम गरि रहेको बताउनुभयो । वहाँले भने, ‘विपन्न, गरिब नागरिकहरूसम्म स्वास्थ्य सेवा पुग्नुपर्छ। त्यसको लागि हाम्रो दायित्व छ। हामीले मिलेर काम गर्नुपर्छ। संरचनात्मक सुधारहरू गर्नुपर्ने कुराहरू छ। त्यो हामी गर्छौँ। सबै जनताको पहुँचमा स्वास्थ सेवा पुर्‍याउन जरूरी रहेको र त्यहि कामलाई निरन्तर्ता दिइएको बताउनुभयो ।

गाउँपालिकाले सबै नागिरकलाइ स्वास्थ्यकाे पहुँचमा ल्याउने उदेश्यका साथ प्रयाेगशाला (ल्याब) सेवा संचालनमा ल्याइएकाे हाे ।

सुस्ता गाउँपालिकाकाे वडा नम्बर १ स्थित रुपाैलिया स्वास्थ्यचाैकी र वडा नम्बर ५ मा अवस्थित पक्लिहवा स्वास्थ्यचाैकीका प्रयाेगशाला (ल्याब) सेवा संचालन भएको हाे।

सानो स्वास्थ्य समस्या लिएर पनि सदरमुकाम परासी सम्म धाउनुपर्ने बाध्यता नहोस भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको उपाध्यक्ष गिता चाैधरीले बताउनुभयो । गाउँकै स्वास्थ्य चौकीमा सुरु गरिएको ल्याब सेवाले यहाँका नागरिकलाई ठुलो राहत पुग्ने पालिका उपाध्यक्ष चाैधरीले विश्वास ब्यक्त गर्नुभएको हाे।

गाउँपालिकामा ल्याब सेवा नहुँदा बिरामीलाई सदरमुकाम परासी लगायतका स्थानमा लगेर सेवा लिनुपर्ने बाध्यता थियो, अब यो सेवा वडा वडाबाटै प्रदान गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले बताउनुभयो ।

ल्याब सेवाबाट सुगर, हेमाे ग्लाेबिन ,मलेरिया , एच आइ भी, हेपाटाइटिस, युरिक एसिड, दिसा पिसाब र रगत परिक्षण गरिने ल्याब असिस्टेन्ट मन्जु रिजालले बताउनुभयो ।

स्थानीय नागरिकहरुको राहतका लागि स्थानीय तहको सहयोगमा गाउँमै ल्याब सेवा सञ्चालन भएकोले स्थानीय खुशी ब्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.