Jilla Ban Notis

चलनचल्तीको भाषामा महाबिर पुन तिमी गलत छौ 

0 278

महाबिर पुन तिमी गलत छौ
किनकी,
तिमीले व्यक्तिगत र पारिवारीक सुख त्याग्यौ
म्यागासेसे पुरस्कारसहित पैत्रिक सम्पत्ति अनुसन्धान केन्द्रलाइ सुम्पियौ
सपनाको देश अमेरिकाको अवसर र सम्भावना त्याग्यौ
कसैलाइ चासो र चिन्ता नभएको अनुसन्धान केन्द्र चलाउने दुस्साहस गर्यौ
देशलाइ आत्मनिर्भर बनाउन उत्कृष्ट कदम चाल्यौ
क्षमता र जोश जाँगर भएका दैनिक हजारौं युवाहरुलाइ बिदेश जानबाट रोक्ने चेष्टा गर्यौ
आयातको भरमा चलिरहेको देशलाइ उत्पादनसँग जोड्न खोज्यौ
ठगठाग बिचौलियाबाट जीवन गुजारा गर्नेहरुको बिचमा धस्सिएर काम, काम र काममा व्यस्त हुनखोज्यौ
आइआफ्ना र कुनै पहुँच नभएको मान्छेले सरकारसँग पैठेजोरी खेल्न पुग्यौ
परम्परागत रुढिबादी संस्कार र कर्ममा रुमल्लिएको हाम्रो समाजलाइ अनुसन्धान, नवप्रवर्तन र आविष्कारको पाठ सिकाउन खोज्यौ
निसंकोच राज्यको ढुकुटी दोहन गरेर रमाइरहने मान्छेको हुल बिचमा जनताको लागि
राष्ट्रको समृध्दिको लागि जनआन्दोलन भन्दै धर्ना शुरु गर्यौ
चलनचल्तीको भाषामा तिमी गलत छौ
त्यसैले त तिमी प्रिय छौ
राष्ट्रलाइ माया गर्नेहरुका लागि आदर्श छौ
अनि
स्वदेशमै रम्नुपर्छ जम्नुपर्छ र आफ्नो बलबुध्दि र बर्कतले देशलाइ जुरुक्क उठाउनुपर्छ भन्नेहरुका लागि मसिहा बनेका छौ।

लेखक ः खिमविक्रम थापा

Leave A Reply

Your email address will not be published.