Jilla Ban Notis

सुनवल –३, किर्तिपुरमा नेतृत्व विकास सम्बिन्धि तालीम सम्पन्न् ।

0 42

बर्दघाट,फागुन–१३
सुनवल नगरपालिका वडा नंं. ३ किर्तिपुर मा नेतृत्व विकास सम्बिन्धि तालीम सम्पन्न् भएको छ । किर्तितपुर १ नं.आमा समुहको आयोजनामा भएको एकदिने तालीममा आमा समुह र टोल विकास संस्थाका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

आमा समुहकी अध्यक्ष खुबि गुरुङ्गको अध्यक्षता र वडा नं. ३ का वडाध्यक्ष पविन गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको तालीम समुद्घाटन कार्यक्रममा जनउदय सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष बल बहादुर थापा,जोग बहादुर पुन,दल बहादुर गुरुङ्ग,नारायण सिंह गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

तालीमको समुद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङ्गले सफल नेतृत्व विना समाज परिवर्तन हुन नसक्ने भएकाले अब समाजका हरेका जिम्मेवार निकाएमा नेतृत्व गन आउने ब्यक्तिले आफ्नो जिम्मेवारी राम्रोसंग बुझेर मात्र नेतृत्वमा आउनु जरुी रहेको बताउनु भएको थियो । उहांले अरुले भनेको भरमा आउने र योजना नहुने ब्यक्ति समाजका कुनै पनि निकायको नेतृतत्वमा आउदा त्यो संघ संस्था वा समुहले गर्ने काम अलपत्र हुने र समयको मात्र बरवार्द हुने भएकाले पहिले नै बुझेर मात्र नेतृत्वमा आउनु पर्ने भएकाले यस प्रकारको तालीम निक्कै उपलब्धीपूर्ण रहने बताउनु भएको थियो ।

३३ जना बढीको सहभागिता रहेको उक्त तालीममा पत्रकार कृष्ण ढकालले सहजीकरण गर्नु भएको थियो भने साथमा जनउदय सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष बल बहादुर थापाले समाजीक परिवेश र त्यसले पारेको असरका वारेमा समेत प्रकाश पार्नु भएको थियो ।
तालीममा गाउँ टोल र समाजमा रहेका विभिन्न समिति,कमिटि,समुह,क्लब,संघ–संस्था एवं जिम्मेवार निकायमा कस्ले कसरी नेतृत्व गर्ने गर्दछ ?, नेतृत्व केका लागि गर्ने ? नेतृत्व गर्ने शैलि कस्तो हुने गर्दछ ? र त्यसको प्रभावकारीता कस्तो रहन्छ ? भन्ने जस्ता बिषयमा तालीममा जानकारी प्रदान गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.