Sarawal sit lahar Notis

नब जिवन माबि बर्दघाट–४ बाढीपिडितमा अन्तरक्रियात्मक स्मार्ट बोड जडान ।

0 131

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
नवजिवन माबि बर्दघाट–४ बाढीपिडितले शिक्षक तथा अभिभावकहरु संग आईसिटि ल्याब संचालन र त्यसको उपयोग तरीका सम्वन्धि एकदिने तालीम सम्पन्न् गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कुवंरको अध्यक्षतामा भएको उक्त तालीममा टाईकुन आई.सि.टी.का संचालक आई.टि. विज्ञ दिपक न्यौपाने र सन्तोष क्षेत्रीले सहजीकरण गर्नु भएको थियो ।
राष्ट्रिपति शैक्षिकसुधार कार्यक्रम अन्र्तगत बर्दघाट नगरका मा ४ वटा सामुदायिक विद्यालयहरुमा अन्तरक्रियात्मक स्मार्ट बोड प्रयोग हुदैछन् । गतआर्थिक वर्षको बजेटमा राष्ट्रिय माबि बर्दघाट–७,कोटाहा र नवदिब्य ज्योती आधारभुत विद्यालय बर्दघाट–४ दिब्यनगरमा एक एकवटा ७५ ईन्चमा अन्तरक्रियात्मक स्मार्ट बोड जडान भएका छन भने यस आर्थिक वर्षको बजेटवाट नवजिवन माबि बर्दघाट–४ बाढीपिडितमा यो अन्तरक्रियात्मक स्मार्ट बोड जडान गरीएको बताईएको छ ।

यस आर्थिक वर्षको बजेटवाट विनियोजन भएको राष्ट्रिपति शैक्षिकसुधार कार्यक्रम अन्र्तगत बर्दघाट नगरको नवजिवन माबि बर्दघाट–४ बाढीपिडितले अन्तरक्रियात्मक स्मार्ट बोड जडान गरी तालीम समेत शुरु गरेको छ भने बर्दघाट १ मा रहेको बाल्मिकी माबिले जडान गर्न बाँकी नै रहेको छ । नवजिवन माबि बर्दघाट–४ बाढीपिडितको अन्तरक्रियात्मक स्मार्ट बोड जडान का लागि टाईकुन आई.सि.टी. बर्दघाटलाई टेन्डर कोटेशन परेको थियो । ६ लाख ५० हजार रुपैयाको बजेटमा जडीत भएको अन्तरक्रियात्मक स्मार्ट बोडमा कम्प्युटर,प्रोजेक्टर,क्यामरा लगाएतका सेवा सुविद्याहरु रहने भएकाले बिद्यार्थीहरुलाई सिकाउन सहज हुने आई.टि. विज्ञ दिपक न्यौपानेले बताउनु भएको छ ।

बिद्यार्थीहरुको सिकाईका लागि कक्षा कोठामा कालोपार्टी,सेतो पाटी हुदै अहिले स्मार्ट बोडको प्रयोग हुन थालेको छ । यसरी अब क्रमशः प्रविधिको प्रयोग हुन थालेपछि अब बिद्यार्थीहरुको पढ्ने उर्जा पनि बढेर जाने र सिकाई कार्य पनि प्रभावकारी हुनेमा आफु विश्वश्त रहेको नवजिवन माबि बर्दघाट–४ बाढीपिडितका प्र.अ. अर्जुन पौडेलले बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.