Sarawal sit lahar Notis

नेकपा एमाले बर्दघाट नगर कमिटीद्धारा मिसन ग्रासरुट अभिमुखिकरण कार्यक्रम सम्पन्न् ।

0 66

कृष्ण ढकाल
बर्दघाट,फागुन–१२

नेकपा एमालेले सुरू गरेको ‘मिसन ग्रासरूट’अन्र्तगत आज बर्दघाट नगर कमिटीले पनि सो कार्यक्रम सम्पन्न् गरेको छ । नगर कमिटिका अध्यक्ष रविन्द्र बिक्रम हमालको अध्यक्षता र केन्द्रिय कमिटि सदस्य शिव सुवेदीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको छ । कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य भगवती भण्डारी,जिल्ला कमीटी अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,सचिव धिरज शर्मा बस्याल लगाएतका नेताहरुको उपस्तिथी रहेको थियो ।

पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियानका लागि शुरु गरीएको उक्त अभियानमा नेकपा एमालेले आफ्नो पार्टीलाई जगैदेखि बलियो बनाउने भन्दै पार्टीका नेतृत्व पंक्तीहरुका नेताहरुलाई बिभिन्न स्थानको जिम्मेवारी दिएर गाउँ गाँमा खटाएको छ । सोही अन्र्तगत पार्टीका केन्द्रिय कमिटि सदस्य रहनु भएका रुपन्देहीका शिव सुवेदीलाई नवलपरासीको जिम्मेवारी दिएर पठाएको हो ।

एमालेले यो अभियानअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ(गाउँमा खटाएर संगठन विस्तारका लागि काम गर्ने, सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने जस्ता काम गर्न पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई एमालेले जिम्मेवारीसमेत दिएको सोक्रममा बोल्दै नेता सुवेदीले जानकारी गराउनु भएको थियो ।

उहांले अब सबैले सच्चीएर पार्टीलाई सबैको आशाको केन्द्र बनाउन सबैले आ–आफ्नो स्थानवाट लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । बिगतमा भएका कमी कम्जोरीलाई सच्चाएर अघिबढ्न पनि उहांले पार्टीका सबै तहर तप्काका नेता कार्यकर्ताहरुलाई निर्देशन समेत गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.