Jilla Ban Notis

सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलमा विभिन्न प्रतियोगिता सम्पन्न

0 114

पुजा लम्साल
सुनवल,फाल्गुन १२
सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल सुनवल ४ मा तेस्रो इ सि ए मिटको आज तेस्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ३ देखी ५ सम्म र कक्षा ६ देखी ९ सम्मको दुई तहको अन्तर सदनात्मक अंग्रेजी हिज्जे प्रतियोगितामा ९६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कक्षा ३ देखी ५ सम्म भएको अंगे्रजी हिज्जे प्रतियोगितामा ग्यालिलीयो सदनका सुशिला भुसाल, रोमा राना , डोलराज चौधरीको समूह प्रथम स्थान, पाइथा गोरस सदनका नम्सु राना, जस्मिन क्षेष्ठ, स्वस्तिका जि।सीको समूहले द्वितीय र ग्यालिलीयो सदनका नेन्सी बुढाथोकी, लासन दर्लामी, अरुन दराईको समूहले तृतीय स्थान हासिल गरेका छन् ।
त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंगे्रजी हिज्जे प्रतियोगितामा पाइथगोरस सदनका विशाल शर्मा, दृष्टि तिमिल्सिना, कृपा घिमीरेको समूहले प्रथम स्थान, आइन्सटेन सदनका बसन्त ढकाल, विवश खनाल , लेबिसा सेनका समूहले द्वितीय स्थान र ग्यालिलीयो सदनका मिसनपंङ्गेनी, रिवाज पौडेल , सुविक्षा गुरुङ्गका समूहले तृतीय स्थान हासिल गरेका छन् ।
त्यसैगरी जुनियर नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ५ की अंकीता बि।क प्रथम, कक्षा ५ की नेन्सी बुढाथोकी द्वितीय, कक्षा ४ का दिप्सन रुचाल तृतीय र कक्षा ३ का रिजन पौडेल सान्त्वना स्थान हासिल गरेका छन् भने सिनियर नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ९ का उत्तम ज्ञावाली प्रथम, कक्षा ९ की आंकाक्षा सुनाम द्वितीय, कक्षा७ की आयुषा खरेल तृतीय र कक्षा ८ का विशाल शर्मा सान्त्वना स्थान हासिल गरेका छन् ।
त्यसैगरी सिनियर नेपाली हस्तलेखन प्रतियोगितामा कक्षा ७ की विविका बराल प्रथम, कक्षा ९ की एलिस्का सुनार द्वितीय, कक्षा ९ की पुणर्ीमा आले तृतीय र कक्षा ७ की आशिका पौडेल सान्त्वना स्थान हासिल गरेका छन् भने मिडल तह नेपाली हस्तलेखन प्रतियोगितामा कक्षा ५ की रेजीना कुमाल प्रथम, कक्षा ४ की आयुषा गौतम द्वितीय, कक्षा ४ की प्रिंयशा कण्डेल तृतीय र कक्षा ३ की आयुषा कवरले सान्त्वना स्थान हासिल गरेका छन् ।
त्यसैगरी जुनियर नेपाली हस्तलेखन प्रतियोगितामा कक्षा २ की लक्ष्मी नाउले प्रथम, कक्षा १ की खुशी खरेल द्वितीय, कक्षा १ की प्रिन्सा क्षेष्ठ तृतीय र कक्षा १ की सारीका थापा सान्त्वना स्थान हासिल गरेका छन् । विद्यायका प्रिन्सिपल धनराज चापागाईको प्रमुख आतिथ्यता तथा अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङको अध्यक्षता रहेको कार्यक्रमको संचालन शिक्षीका पुष्पा चापागाईले संचालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.