Jilla Ban Notis

रामग्राम नगरपालिकाले दुई वटा नयाँ बिद्येयक ल्यायो ।

0 141

गौरीशंकर जयसवाल
परासी २८ पुस
रामग्राम नगरपालिकाले दुई वटा बिद्येयक ल्याएको छ । नगरपालिकाले एघारौ नगरसभामा दुई वटा बिद्येयक ल्याएको हो । आज नगरपालिकामा पत्रकार सम्मेलन गरी एघारौ नगरसभाबाट दुई वटा बिद्येयक ल्याई सभाबाट सर्वम्मत पारित भएको नगरप्रमुख धनपत यादवले जानकारी गराएका हुन ।

सभामा आर्थिक बिकास समितीका संयोजक वडान ४ का वडाअध्यक्ष मदन यादवले बिनियोजन ऐन २०७९लाई शशोधन गर्न बनेको बिनियोेजन तथा नगरपालिकाको स्वास्थ्य सेवालाई व्यवस्थिगत गर्न स्वास्थ्य निति०७९ र स्वास्थ्य बिद्येयक ल्याई सर्वसम्मत पारित गरिएको नगरप्रमुख यादवले बताए ।

नगरप्रमुख सम्झना चौधरीले आर्थिक बर्ष २०७९/८०को सशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन । सभमा नगरस्तरीय योजना वडास्तरिय बिषयगत शाखातर्फ कार्यक्रम गरी बिभिन्न क्रियाकलापबाट आठ करोड ९२ लाख ७० हजार घटाएर रकम नपुग सम्बन्धित क्षेत्रका क्रियाकलापमा थप गरिएको नगरप्रमुख यादवले बताए ।

एक अर्व २५ करोड ४० लाख २५ हजार सञ्चित कोषमा रहने र चालु आ.वामा खर्च गर्न सकिने कुल बजेट साविकै हुने बिभिन्न कृयाकलाप योजना संशोधन गरी आठ करोड ९२ लाख ७० हजार बजेट रकमान्तर गरी बिनियोजन ऐनमा संशोधन गरिएको यादवले जानकारी दिए ।

नगरपालिकाले बार्षिक क्यालेन्डर चैत्रमासन्त सम्म सक्ने ३ सय १८ वटा योजना रहेको जसमा ६० वटा योजना सम्पन्न भई भुक्तानी भईसकेको रामग्राम नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।उनको अनुसार १ सय ५० वटा सम्झौता भई कार्यन्वयन चरणमा रहेको बाँकी योजनाहरु सम्झौता हुन बाँकी रहेको खड्काले बताए ।

Leave A Reply

Your email address will not be published.