Jilla Ban Notis

छैठौं बर्दघाट व्यापार मेलाको खर्च विवरण सार्वजनिक (भिडियो)

0 78

कृष्ण ढकाल
बर्दघाट,पौष–२८

बर्दघाट उद्योग वाणीज्य संघले यस वर्ष संचालन गरेको छैठौं बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट ५ लाख ५१ हजार रुपैया बचत गर्न सफल भएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
गत पुस १ गते देखि ११ गतेसम्म बर्दघाट–४ हरियाली नगरमा रहेको बर्दघाट मण्डबमा संचाली उक्त मेलामा ७३ लाख १ हजार ६० रुपैयां आम्दानी गरी ५ लाख ५१ हजार रुपैया बचत गर्न सफल भएको बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानले पत्रकार सम्मेलनमा जानकारी गारउनु भएको थियो ।

संघका अध्यक्ष न्योपाने सहित महासचिव दिने न्यौपाने र कोषाध्यक्ष कमला भण्डारीद्धारा हताक्षरीत उक्त खर्च विवरणमा मेलामा टिकटबाट ३५ लाख १ हजार ६० रुपैयाँ, बाल उद्यान रमाइलो मेलाबाट रु पन्ध्र लाख, स्टलबाट रु दस लाख, प्रायोजकबाट रु सात लाख ५० हजार, बैंक पार्टनरबाट रु एक लाख र फिल्डबाट रु चार लाख ५० हजार आम्दानी भएको खर्च विवरण पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गर्नु भएको थियो ।

२ सय स्टल रहेको उक्त मेलामा करिब डेढ लाख दर्शकले अवलोकन गरेको र मेलामा ६७ लाख ४९ हजार १६० रुपैयाँ खर्च भएको संघका महासचिव दिने न्यौपानेले बताउन ुभयो । मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट, बाल उद्यान लगायतका स्टल रहेका थिए। मेलामा कृषि, हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका स्टल निःशुल्क राख्ने व्यवस्था गरिए पनि अपेक्षाकृत रुपमा ती क्षेत्रका स्टलको सहभागिता नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.