Jilla Ban Notis

बर्दघाट–२,चिसापानीमा अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको शुरु ।

0 353

कृष्ण ढकाल
बर्दघाट,पौष–२७ गते
शान्ति ज्योती युवा क्लब बर्दघाट–२,चिसापानीको आयोजनामा अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको शुरु भएको छ । आज देखि शुरु भएको प्रतियोगिताको बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययले समुद्घाटन गर्नु भएको छ ।
समुद्घाटन कार्यक्रममा बोल्दै नगर उप–प्रमुख उपाध्यायले नगरक्षेत्रका खेलाडीहरुको प्रतिभालाई जोगाई राख्न र नयां खेलाडीहरुको उत्पादन गर्न तथा खेल क्षेत्रको विकासका लागि नगर कुनै किसिमले पछि नपर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

फरक प्रसंगमा उप प्रमुख पाध्यायले अहिले नगरले करको दायरा फराकिलो बनाएको तर करको दर नबढाएको प्रष्ट पार्नु भएको थियो । उहांले नगरका हरेका नागरीकहरुले आफुले तिर्नु पर्ने कर समयमानै तिरेर सभ्यनागरीक बननकालागि समेत आग्रह गर्नु भएको थियो ।

क्लबका अध्यक्ष संजय थापाको अध्यक्षता र बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययाको प्रमुख आतिथ्यतामा भएको अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको सुमद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी, बडानं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,निर्वमान वडाध्यक्ष दया दर्लामी,जिल्ला भलिबल संघका अध्यक्ष दिनेश श्रेष्ठ,बर्दघाट नगर खेलकुद् विकास समितिका अध्यक्ष दिपक थापा,सूर्य ज्योती युवा क्लवका अध्यक्ष राम भण्डारी,चिसापानी खानेपानी संस्थाका अध्यक्ष मोहन गुरुङ्ग,चिसापानी सामुदाियक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन राजेन्द्र वस्नेतले गर्नु भएको थियो ।

माघ १ गते सम्म संचालन हुने उक्त अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको खेल संयोजक हिमेश गिरीले जानकारी दिनु भएको छ । त्यसैगरी प्रतियोगितामा प्रमथ हुने ले ५५ हजार ५ सय ५५ रुपैया,द्धितिय हुनेले २५ अहजार ५ सय ५५ र तृतिय हुनेले १५ हजार ५ सय ५५ रुपैया पुरस्कार प्रमाण पत्र र ट्रफि पाउने खेल संयोजक गिरी जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.