Jilla Ban Notis

वडाध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा वडा नम्बर १२ दबिल्ला विजयी

0 62

बर्दघाट,पुष १६
बर्दघाट नगरपालिका वडा नम्बर ४ मा सञ्चालन भएको प्रथम बर्दघाट वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा बर्दघाट वडा नम्बर १२ दबिल्ला विजयी भएको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा वडा नम्बर १२ दबिल्लाले बर्दघाट बर्दघाट वडा नम्बर १४ ‘ए’ गंगाबस्तिलाई हराएर विजयी भएको हो ।
निर्धारित अवधिमा गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा वडा नम्बर १२ दबिल्लाले ४–३ गोल अन्तरले वडा नम्बर १४ ‘ए’ गंगाबस्तीलाई हराएको हो । आजको खेलको म्यान अफ द म्याच वडा नम्बर १२ दबिल्लाका गोल रक्षक निरज मल्ल भएका थिए ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग र गौतम बुद्ध सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको खेलको फाइनल आगामी पुष २३ गते सम्पन्न हुने बताइएको छ । उक्त फुटबल प्रतियोगिताको लागि बर्दघाट नगरपालिका वडा नम्बर ४ ले २ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ ।
कुल ३ लाख ९८ हजार खर्चको अनुमान गरिएको प्रतियोगिताको लागि आवश्यक बाँकी रकम भने अन्य स्रोतबाट जुटाइएको आयोजकले जनाएको छ । भोली सञ्चालन हुने दोस्रो चरणको दोस्रो खेलमा आयोजक बर्दघाट वडा नम्बर ४ ‘ए’ र वडा नम्बर ४ ‘बी’ दिब्यनगर बीच प्रतिष्पर्धा हुनेछ ।

Leave A Reply

Your email address will not be published.