Sarawal sit lahar Notis

सहकारीहरु वचत र ऋणको सेवासंगै सिप र रोजगारीसंग जोडीएर अघि बढ्नु पर्छ ः नगर प्रमुख श्रेष्ठ

0 148

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२७
सहकारीहरुले अब आफ्ना शेयर सदस्यहरुलाई ऋण दिने र वचत गर्ने बानीको विकास मात्र नगराएर उनीहरुको क्षमता र सिपको पनि विकास गर्नेगरी अघि बढ्न जरुरी रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

सूर्यगंगा बचत तथा ऋण सहकारी संस्था बर्दघाट–४,बाढीपिडितको १७औं वार्षीक साधारण सभालाई सम्बोधनगर्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समय केहि सहकारीहरु उत्पादसंग जोडिने देखि केहि ब्यवसायसंग जोडिएर अघिबढ्ने कोसिस गरेको पाईएको बताउनु भएको थियो । अब नगरका सबै सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई वचत र ऋणको सेवामा केन्द्रीत नगरी सिप र रोजगारीसंग जोडेर अघि बढ्नु पर्ने बेला आएको धारणा राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष हरिरञ्जन पौडेलको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडा सदस्य तथा संस्थाका निर्वतमान अध्यक्ष जनक रावत,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाकी उपाध्यक्ष रजनी वस्नेत ,डिलाराम चालिसे लगाएतको उपस्थिती रहेको थियो ।

संस्थाका उपाध्यक्ष काशीराम न्यौपानेको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा अध्यक्ष हरिरञ्जन पौडेलले संस्थाको प्रगति प्रतिवेदन,सचिव लक्ष्मणनाथ योगीको प्रशासनिक प्रतिवेदन,कोषाध्यक्ष लक्ष्मी पौडेलको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक त्रिलोचन पाठकवाट लेखा समितिको लिखित प्रतिवेदन प्रस्तुत गरीएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले असार मसान्त सम्म आईपुग्दा ३५ लाख ५४ हजार ३६ रुपैया पुंजी तथा दायित्व ,२ करोड ९० लाख ४८ हजार ४ सय ३२ रुपैया वचत संकलन र जगेडाकोषमा १९ लाख ४९ हजार ७ सय ३६ रुपैया रहेको छ । त्यसैगरी ऋण तथा लगानी तर्फ ३ करोड ६५ लाख ९७ हजार १ सय ७४ रुपैया रहेको छ भने ९ लाख २ हजार ७ सय ९७ रुपैया शुद्ध नाफा गर्न सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

२०६० सालमा सहकारी डिभिजन कार्यालय परासीमा दर्ता भएर आफ्नो सेवा शुरु गरेको सूर्यगंगा बचत तथा ऋण सहकारी संस्थामा अहिले ६ सय २६ जना शेयर सदस्यहरु रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.