Jilla Ban Notis

बर्दघाटका ब्यापारीहरुको रकम असुली गराउन बर्दघाट उद्योग वाणीज्य संघ सफल

0 169

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२५
गतबर्ष बर्दघाटमा लगाएको औधोगिक ब्यापार मेला संचालनका क्रममा खर्च गरेका बर्दघाटका ब्यापारीहरुको रकम असुली गराउन बर्दघाट उद्योग वाणीज्य संघ र बर्दघाट बजार बिकास समिति सफल भएको छ ।
गत बर्षको खर्च रकम अहिले सम्म नपाएको भन्दै बर्दघाटका ब्यापारीहरुले मेला आयोजक संस्था जिम्मेवार हुनु पर्ने र आफुहरुलाई पुरानो भुक्तानी नगरी फेरी मेला आयोजना गर्ने काम नगर्न आग्रह गर्दै बर्दघाट उद्योग वाणीज्य संघ,जिल्ला प्रशासन कार्यलय ,बर्दघाट नगरपालिका र ईलाका प्रहरी कार्यालय बर्दघाटमा निवेदन दिएपछि शनिवार आफुहरुले गतवर्षको खर्च भुक्तानी पाएको झरना डिजिटल फोटो भिजनका संचालक टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

मेला संचालनको जिम्मा पाएको जय माता दी एम्युजमेन्ट प्रा।ली।ले बैक खातामा पैसा नै नभएको चेक दिएर अहिले एक बर्ष सम्म झुलाई राखेका कारण आफुहरु बाध्य भएर कानुनी प्रक्रियामा अघि बढेपछि बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने र बर्दघाट बजार बिकास समितिका अध्यक्ष तारा गौतमको विषेश पहलमा आफुहरुको रकम असुली भएको बुढाथोकीले बताउनु भएको छ ।

उता बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले झरना डिजिटल फोटो भिजनका संचालक टेक बहादुर बुढाथोकी र सृजना होटल एण्ड लजका संचालक लक्ष्मण के।सी। लगाएतका ब्यापारीहरुलाई जय माता दी एम्युजमेन्ट प्रा।ली।ले चेक दिएका कारण असुली गर्न सजिलो भएको र अन्य साथीहरुले आफ्नो पनि रकम असुली गर्नबांकी रहेको गुनासो गरेपनि त्यसको कुनै प्रमाण नभएका कारण समस्या भएको बताउनु भएको छ । उहांले बांकी गुनासो गर्ने ब्यापारीहरुको खर्च भएको प्रमाण भेटिएमा असुली गर्नेकार्यमा संघ लागि पर्ने समेत बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.