Jilla Ban Notis

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

0 143

कृष्ण ढकाल
बर्दघाट,मङ्सीर–९
सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ आज देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

आज बर्दघाट नगरपालिकाले पनि नगरका सम्पूर्ण कर्मचारीहरुको उपस्थितीमा अभियानको औपचारीक शुरुवाद गरेको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले एक अर्कालाई सेतो रिवन लगाएर प्रतिवद्धता बोडमा हस्ताक्षर गरी दिवसको शुरुवाद गरीएको थियो ।  म हिंसा गर्दिन र म हिंसा हुन दिन्न भन्ने प्रतिवद्धता सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरीएको थियो ।

उता

पाल्हिनन्द गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले मैनबत्ति बाल्नुका साथै प्रतिवध्यता बोडमा हस्ताक्षर गरी उक्त अभियानको शुरुवाद गर्नु भएको थियो ।  कार्यक्रम गाउँपालिका अध्यक्ष्ँ गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

लैङ्गिताको आधारमा हुने सबै प्रकारका हिंसा,विभेद,कुरीती,अन्धविश्वास,अपराध,वहिस्करण तथा वन्चीतीकरण आदीको अन्त्य गरी महिला र पुरुष विचको असमानाता हटाउने उद्धेश्यले यो अभियान शुरु गरीएको हो । हरेक बर्ष मंसीर ९ गतेबाट शुरु गरी २५ गते सम्म यो दिवस मनाउने गरीदै आईएको छ ।

Leave A Reply

Your email address will not be published.