Jilla Ban Notis

संरक्षण र विकासको अभावले पुरातात्विक एवं धार्मिकस्थलको अस्तित्व खतरामा ः दिपेन्द्र कुमार अधिकारी

0 50

बेनी माधव बस्याल
परासी, कार्तिक २६
नेकपा एमाले पश्चिम नवलपरासीका प्रतिनिधिस सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र कुमार अधिकारी तथा जसपा प्रदेश सभा सदस्य क्षेत्र नं। २९ख०का उम्मेदवार धरेन्द्र यादवको संयुक्त चुनाव प्रचार( प्रसारमा व्यस्त भएका छन् । संयुक्त गठवन्धनको रामग्राम नगरपालिकाको वडा नं १८ मा संयुक्त घरदैलो र कोणसभा सम्पन्न भएको छ ।

घरदैलो अभियानमको कोणसभामा बोल्दै दिपेन्द्र कुमार अधिकारीले संरक्षण र विकास नहुँदा पुरातात्विक धार्मिकस्थल पण्डितपुरको अस्तित्व खतरामा परेको बताउनुभएको छ। भगवान गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी पण्डितपुर ९देवदह० लाई सम्बन्धित निकायले विकास र संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको हुँदा विकासमा पहिल गर्ने प्रतिवद्ता व्यक्त गर्नुभयो। तत्कालिन कोलिय गणराज्यको राजधानी र शान्तीका अग्रदतु गौतम बुद्धको मावली रहेको थियो ।

नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ मा रहेको यो स्थान सदरमुकाम परासी बजारबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ ।यस स्थानलाई कोलिय गणराज्यको राजधानी र गौतम बुद्धको मावली घर रहेको पुरातत्व विभागले पुष्ट्याई गरिसकेपनि सरकारले पुरातत्व क्षेत्र घोषणा भने गरिसकेको छैन यसमा नेपाल सरकारसँग अगाडी बढ्ने बताउनुभयो।

त्यसैगरी जसपाका उम्मेदवार धरेन्द्र यादवले तीन बर्षअघि पुरातत्व विभागले पण्डितपुरको उत्खनन गर्न पुरातत्वविद तारानन्द मिश्र संयोजक रहेको प्राविधिक टोली खटिएको र जसले मौर्यकालिन खाल्टो, मानव मुर्ति, पशु मुर्ति, टेराकोटा ९टिसी०, टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इटाहरु लगायतका प्राचिन बस्तुहरु फेला परेका थियो । त्यस्तै मौर्यकालमा बेनेका ईनारहरु पनि फेला परेको टोलीले जानकारी दिनुभयो र यसको सम्पूर्ण विकासको लागि आफू लागि पर्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.