Jilla Ban Notis

विश्वासिलो व्यक्ति नपाएर नेपाली काँग्रेसको राजनीतिक साँचो हस्तान्तरण गर्न सकिनः कण्डेल

0 86

परासी, कार्तिक-२७
पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका तर्फबाट संघीय प्रतिनिधि सभा सदस्य २ का उम्मेदवार देवेन्द्रराज कण्डेलले तिन पुस्तादेखि आफूसँग भएको राजनीतिक चाबी असल र विश्वासिलो व्यक्ति नपाउँदा हस्तान्तरण गर्न नसकेको बताउनुभएको छ।
रोटरी क्लब अफ नवलपरासीको हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु सँगको निर्वाचन बहस( ककस) कार्यक्रममा बोल्दै आफ्नो बलबुताले नवलपरासीमा नेपाली कांग्रेसको राजनीतिक विरासत जोगाएको बताउनुभएको छ। उहाँले कार्यक्रममा बोल्दै तीन पुस्तादेखी नवलपरासीको राजनीतिमा सक्रिय भएर लाग्दै गर्दा विभिन्न जनताका दुःख पिडाहरु नजिकबाट देखे भोगेको र आफूले पनि यस क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएकाले जनताको विश्वास अझै पनि रहेको बताउनुभएको छ।


नवलपरासीमा नेपालीे कांग्रेसको इतिहासलाई २०१५ सालदेखि बुवा पृथ्वीराज कण्डेलले सुरुभएको हुनाले नेपाली कंग्रेसको राजनीति इतिहास आफूले विश्वासिलो पात्र नपाउँदा हस्तान्तरण गर्न नसकिएको दुखेसो व्यक्त गर्नुभएको छ। कार्यक्रममा उहाँले आफू कुनैपनि सरकारी जागिर नखाएको र आफ्नो जीवन राजनीतिमै समर्पित गरेकाले नआत्तिन आग्रह गर्नुभयो। उहाँले आफ्नो बलबुताले भ्याएसम्म र जनताले साथ दिंदासम्म राजनितिमा सक्रिय भएर काम गर्ने बताउनुभएको छ। राजनीतिबाट कुनैपनि अवकाश नहुने हुँदा स्वास्थ्य र जनताले साथ दिंदासम्म राजनीतिमा सक्रिय भएर अगाडी बढ्ने बताउनुभएको छ। राजनैतिक विरासत बोकेको नेपाली कांग्रेसको इतिहास र नवलपरासीको राजनीतिलाई असल र विश्वासिलो छोरा भेट्टाएमा राजनीतिक साँचो हस्तान्तरण गर्ने बताउनुभएको छ।
उहाँले कार्यक्रममा उपस्थित जनताको प्रश्नलाई सम्बोधन गर्दै कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्नुभएको हो।
रोटरी क्लब अफ नवलपरासीको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०७९ निर्वाचन क्षेत्र नम्बर २का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसँग निर्वाचन बहस( ककस) कार्यक्रम हिजो रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता तथा ईमेज चेयर मेघराज गौतम र कोषाध्यक्ष उर्मीला बानियाले सञ्चालन गर्नुभएको थियो भने समापन इलेक्ट प्रेसिडेन्ट विरेन्द्र अग्रहरीले गर्नुभएको थियो।

https://fb.watch/gMipIU7AYZ/

Leave A Reply

Your email address will not be published.