Jilla Ban Notis

एक पटक राम्रोसंग सोंचेर आफ्नो मतको सहि सदुपयोग गर्नुहोस ः नेता त्रिपाठी

0 195

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१७

आगामी मंसीर–४ गते हुने संघ र प्रदेशको निर्वाचनमा मतदाताले एक पटक राम्रोसंग सोंचेर आफ्नो मतको सहि सदुपयोग गर्न प्रतिनिधि सभा सदस्य पदका उमेदवार तथा पूर्व मन्त्रि हृदेश त्रिपाठीले मतदाताहरुसंग आग्रह गर्नु भएको छ। विहिवार सुस्ता–२ चुहाडीमा भएको संयुक्त युवा भेलालाई संम्बोधनगर्दै नेता त्रिपाठीले उक्त आग्रह गर्नु भएको हो ।

उहांले जनताका पक्षमा रहेर विकास निर्माणका काम गर्न र देशको आर्थिक सवलीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखि देशको राजनितिक निकासमा आफुले अहिले सम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कारण जनताले कामको मुलयाङ्न गरेर आफुलाई भोट दिनेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

सधैंभरी देश र जनताका पक्षमा रहेर राजनितिक जिवन विताएको ब्यक्ती र आफ्नो ब्यापार ब्यवसाय गर्ने ब्यक्ति विचको अन्तरलाई जनताले राम्रोसंग बुझ्नु पर्ने बेला आएकाले बुझेर सोंचेर मात्र मतको सहि सदुपयोग गर्ने आग्रह गर्नु भएको थियो ।

त्यसैगरी आर्का प्रदेश सभा सदस्य पदका उमेदवार दिपक राज शर्माले समाज परिवर्तनको लागि र किसानका पक्षमा रहेर आफुले निरन्तर कामगर्दै आएके बताउदै यस पटक जसरी पनि आफुलाई विजयी बनाउन आग्रह गर्नु भएको थियो ।

उहांले जनताको भावना र चाहनालाई बुझेर उनीहरुको दैनिक जिवनमा परिर्वतन गर्ने खालको योजना आफुमा रहेकाले यसपटक आफुलाई प्रदेशमा सहभागि हुने अवसर प्रदान गर्नका लागि मतदान गर्नका लागि आग्रह गर्नु भएको थियो ।

संयुक्त युवा भेलामा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य सरीता खनाल,जिल्ला सचिव धिरज शर्मा,रामप्रसाद पाण्डे लगाएतका नेताहरुले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.