Sarawal sit lahar Notis

क्याम्पसको अवस्था र ब्यवस्था संगै शैक्षिक गुणस्तर कायम राख्न सबै लाग्नु पर्छ ः पूर्व बिद्यार्थी

0 216

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–७
दिब्य ज्योती बहुमुखी क्याम्पस ,बर्दघाट–२,चिसापानीको अवस्था र ब्यवस्था संगै शैक्षिक गुणस्तर कायम राख्न सरोकारवाला निकायहरुले पूर्ण ध्यान दिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । दिब्य ज्योती बहुमुखी क्याम्पसले आज आयोजना गरेको पूर्व बिद्यार्थीहरुको पुनर्मिलन कार्यक्रममा बोल्ने पूर्व बिद्यार्थीहरुले उक्त कुरा बताएका हुन । उनीहरुले विगतको ईतिहासलाई स्मरण गर्दै क्यँपस स्थापना कालमा भएगरेका प्रयास र त्यसको प्रतिफललाई ध्यानमा राखेर समयानुकुल तरीकाले अघिबढ्न क्याम्पस ब्यवस्थापन समितिलाई सुझाब समेत दिएका थिए ।

पूर्व बिद्यार्थी प्रकाश ज्ञवालीले स्वतन्त्र बिद्यार्थी युनियन मार्फत आफुहरुले क्याम्पसको हक र हितका लागि जेलनेल सहेको स्मरण गर्दै विगतका कुनै कागजी दस्तावेज र प्रमाणहरु चाहिएमा आफुले उपलब्ध गराउन सक्ने दावी समेत प्रस्तुत गर्नु भएको थियो । उहांले क्याम्पसको जग्गा संरक्षणका क्रममा बिद्यार्थीहरुलाई झुठ्ठा मुद्द्या लगाउने सम्मका प्रयास भएको स्मरण गर्दै केहि भू–माफियाहरुले क्याम्पसको जग्गा मिचेर आफ्नो घडेरीका लागि बाटो निकालेको सम्मका आरोप लगाउनु भएको थियो ।

त्यसैगरी अर्का संस्थापक पूर्व विद्यार्थी दिर्घ घिमिरेले क्याम्पस स्थापनाका वेला पढ्ने बिद्यार्थी मध्येमा आफु र हालका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय मात्र कार्यक्रममा उपस्थिती रहेको जानकारी गराउदै टिनको छाना देखि तिन तले भवन सम्मको अनुभव राख्नु भएको थियो । उहांले दिब्य ज्योती स्कूलले नै दिब्य ज्योती क्याम्पसलाई जन्माएको समेत जानकारी गराउनु भएको थियो ।

दिब्य ज्योती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले विगत र वर्तमानका वारेमा पूर्व बिद्यार्थीहरुको अनुभव र अनुभुति महत्वपूर्ण रहेको बताउनु भएको थियो । उहांले अब नगरपालिकाले नगरका कुनै पनि गरीव तथा विपन्नहरुलाई आर्थिक अभावका कारणले उच्च शिक्षा लिनवाट बञ्चीत नहुनेगरी नगरपालिका लागी परेको बताउनु भएको थियो । यदि क्यामपसमा पनि त्यस्ता बिद्यार्थीहरु भएमा उनीहरुको पहिचानगरी नगरपालिकामा सिफारीस गर्नका लागि अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी तथा स्वतन्त्र बिद्यार्थी युनियनकी संस्थापक कोषाध्यक्ष एवं संविद्यान सभा सदस्य सिन्दु जलेसाले समय अनुकुलको शिक्षामा गुणस्तरीयता र भौतीक तथा प्राविधिक पक्षमा समेत ध्यान दिदै अघिबढ्नका लागि सबैले हातेमालो गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

संस्थापक पूर्व विद्यार्थी तथा बर्दघाट नगर प्रमुख रुद्र प्रकाश उपाध्यायले अफ्नो पहिचानको शुरुवात गरेको क्याम्पस भएको स्मरण गर्दै अहिले आफुभएको स्थानवाट क्याम्पसको श्रीवृद्धि र संरक्षणका लागि तथ्य र प्रमाणका आधारमा जग्गा संरक्षणमा समेत लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

पूर्व क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलको संचालन र क्याम्पस प्रमुख सागरमणी पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य पदका उमेदवार पुण्य प्रसाद पौडेल ,पूर्व क्याम्पस प्रमुख बद्रीनाथ खनाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.