Sarawal sit lahar Notis

बर्दघाट–२ चिसापानीमा सांस्कृतिक कार्यक्रम सम्पन्न् ।

0 138

बर्दघाट,कार्तिक–७
दिपावलीको अवसर पारेर बर्दघाट–२ चिसापानीमा सांस्कृतिक कार्यक्रम सम्पन्न् भएको छ । आईतवार वेलुकी मिर्मिरे युवा क्लव र मिलिजुली टोल विकास संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।

सांस्कृतिक कार्यक्रमको समुट्घाटन गर्दै नगर प्रमुख शमभुलाल श्रेष्ठले नगरका हरेक क्षेत्रमा हुने सांस्कृतिक कार्यक्रमहरुले आफ्नो मौलिक्ता र संस्कृतिको जगेर्ना गर्ने कार्यमा सहयोग पुग्ने बताउनु भएको थियो । उहांले सामाजिक संघ संस्थाहरुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा वाहिय संस्कृतिलाई बढवा दिनेगरी कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै स्थानिय भाषा, कला र संस्कृतिको जर्गेनामा जोड दिन आग्रह गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनीराम चौधरी,बडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,कार्यपालिका सदस्य प्रेम भुजेल लगाएतको उपस्थिती रहेको थियो ।
क्लवका अध्यक्ष रेल बहादुर बुढा मगरको अध्यक्षतामा भएके कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियो।

Leave A Reply

Your email address will not be published.