sunwal

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको अध्यक्षमा मोहन प्रसाद फुयाँल ।

68

कृष्ण ढकाल

बर्दघाट,भदौं–२६

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन––NTEAN) को ११ औ महाधिवेशन‘ले मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी संगठनको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली र उपाध्यक्षमा राज किशोर चौधरी, चण्डीका पोखरेल,  तोयनाथ भट्टराई,  भरत लामिछाने र आनन्द पौडेललाई चयन गरेको छ ।

संगठनको महासचिवमा मणि कुमार पोखरेल, उपमहासचिवमा तीर्थराज अधिकारी, गोविन्द ढुङ्गानालाई चयन गरेको छ भने सचिवमा बचन ढ़ूगेल, दीपक चौलागाईं र कमला गिरी लाई चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा रोशन पाण्डे र सह–कोषाध्यक्षमा नरेश प्रसाद पटेल चयन हुनुभएको छ ।

सदस्यहरूमा भने ४० जना रहेका छन। व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ भन्ने मुख्य नारा सहित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (एनटिन––NTEAN) को ११ औ महाधिवेशन‘ सम्पन्न् भएको छ ।

भाद्र २२ गते देखि २४ गते सम्म  ट्रेड युनियन आन्दोलनको उद्गम भुमि  प्रदेश–१ को राजधानी विराटनगरमा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

संगठनका अध्यक्ष  यादव प्रसाद पनेरुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल लगाएत केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।

महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्र्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा छलफल तथा बिचार विमर्श गरिएको थियो ।

साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै ११  बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।