Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपालको जिल्ला ईन्चार्जमा प्रितम पौडेल ।

0 119

कृष्ण ढकाल
बर्दघाट,साउन–२५

नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालले पश्चिम नवलपरासी जिल्लाको ईन्चार्जका रुपमा प्रितम पौडेललाई जिम्मेवारी तोकेको छ ।

केन्द्रिय कमिटिका अध्यक्ष किरण पौडेलले जारी गर्नु भएको संघको सर्कुलरमा ४ सय ९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन लिष्टका जिल्ला ईन्चार्ज प्रितम पौडेल रहनु भएको छ।

२०४७ साल जेष्ठ १ गते देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलवन्द गर्दै राष्ट्रिय आकांक्षा पुरा गर्नको लागी निर्वतमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलीको अध्यक्षतामा तत्कालिन अवस्थामा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल (प्ररायुसंघ) गठन भएको थियो । जुन हाल राष्ट्रिय युवा संघ नेपालका नामले परिचीत रहेको छ ।

नेकपा एमालेलाई हरेक स्तरवाट सहयोग गर्न गठन गरीएको राष्ट्रिय युवा संघ नेपालको नवलपरासी जिल्ला ईन्चार्जको जिम्मेवारी पाउने प्रितम पौडेल आफ्नो विद्यार्थी जिवनवाट नै राजनितिमा होमीनु भएको थियो।

पारिवारका सदस्यहरु नै राजनिति र समाज सेवामा अहोरात्र लागिपरेको देखेपछि आफुपनि सानै उमेरवाट राजनिति प्रति चांसो राख्दै समाजका हरेक गतिविधि र बिद्यार्थी राजनितिमा होमीएका प्रितम पौडेल अहिले २०७७ साल देखि नेपाल बाल संगठन नवलपरासीको जिल्ला सभापति रहनु भएको छ भने यता राजनितिक रुपमा राष्ट्रिय युवा संघ नेपालको पश्चिम नवलपरासी जिल्ला ईन्र्चाज हुन सफल हुनु भएको छ ।

२०७५ सालमा नेकपा ( एमाले ) को नवलपरासी जिल्ला कमिटी सदस्य , २०७३ सालमा नवलपरासी क्षेत्र नं. ५ को क्षेत्रीय कमिटी सदस्य रहेर कार्य गरी सक्नु भएका प्रितम पौडेलले त्यस अघि २०६३ सालमा नेकपा ( एमाले ) बर्दघाट वडा नं . २ को वडा सचिव भएर समेत कार्य गरेको अनुभव रहेको छ ।

दिव्य ज्योति बहुमुखी क्याम्पस , बर्दघाट –२ चिसापानीको स्ववियु सभापति हुदै अनेरास्ववियु , जिल्ला कमिटीमा दुई कार्यकाल सचिव र एक कार्यकाल सह–सचिवको जिम्मेवारी समाल्दै अनेरास्ववियु जिल्ला कमिटी , नवलपरासीको जिल्ला अध्यक्षको जिम्मेवारीलाई कुशलता पूर्वक समाल्न सफल हुनु भएको थियो ।

स्ववियु काउनिसल नेपालको केन्द्रिय सदस्य र २० औं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित केन्द्रिय सदस्य समेत हुन सफल हुनु भएका प्रितम पौडेल पछिल्लो समय नवलपरासी – काठमाडौं सम्पर्क मञ्च सचिवालय सदस्य को रुपमा रहेर समेत आफ्नो जिम्मेवारी प्रदान गर्न सफल हुनु छ ।

यसरी सानै उमेर देखि पार्टी र पार्टीका बिभिन्न जनवर्गीय संठगनमा रहेर आफ्नो पदिय जिम्मेवारी समाल्नु भएका पौडेलले आफ्नो राजनितिक यात्रासंगै ब्यवसायितकतालाई पनि उत्तीकै सफलता बनाउदै लागु भएको छ । उहांको ब्यवसायिक र राजनितिक कार्य कुशलताका कारण नै अहिले आफु यो अवस्थामा आएको बताउनु भएको छ ।

नेता कार्यकर्तालाई आत्मनिर्भर, स्वावलम्बी, स्वाभिमानि, स्वच्छ तथा परदर्शी बनाउनुपर्छ भन्ने सोंचका साथ अघिबढेका युवा नेता प्रितम पौडेलले अब पार्टीले आफ्ना युवाहरुका लागि पार्दशीता,आत्म निर्भता र नैतिक्तासंगै पार्टी अनुसासनका वारेमा जागरण ल्याउन जरुरी रहेको बताउनु भएको छ । त्यसका लागि आफुले पनी पार्टी पंक्तीका जिम्मेवार नेताहरुसंग नितिगत रुपमा नै आवाज उठाउने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.