Jilla Ban Notis

रक्तदान कार्यक्रम सम्पन्न ।

0 23

कृष्ण ढकाल
बर्दघाट,साउन–२२
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् नवलपरासीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २८ औँ आदिवासी जनजाती दिवसको अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा २९ जनाले रक्तदान गरेको जिल्ला सचिव देवान गुरुङ्गले जानकारी दिनु भएको छ ।

बर्दघाट–४ त्रिवेणी चोक नजिक रहेको विश्वशान्ति बौद्ध विहारमा भएको रक्तदान कार्यक्रममा जिल्ला समन्वय परिषद्का जिल्ला अध्यक्ष तारा राना मगर,पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक देवराज चौधरी, सल्लाहकार मिलन गुरुङ्ग ,तमु ह््रयु छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् जिल्ल कार्य समितिका अध्यक्ष्ँ ईन्द्र गुरुङ्ग,,पूर्वसचिव मन बहादुर थापा ,नेपाल मगर संघ जिल्ल अध्यक्ष अध्यक्ष डि.बि. थापा रक्तदान कार्यक्रमका संयोजक बिरेन्द्र कुमार श्रेष्ठ ,नेपाली कांन्ग्रेसका नगर सभापति दामोदर जि.सी. नेकपा एमालेका नगर ईन्चार्ज प्रदिप सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.