Jilla Ban Notis

बिद्यार्थीहरुको रोजाई बन्दै दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानी ।

0 66

कृष्ण ढकाल
बर्दघाट,साउन–१७
पश्चिम नवलपरासी जिल्लाको गुणस्तरीय र प्रविधिमैत्री नुमना सामुदायिक क्याम्पसका रुपमा स्थापित हुन सफल दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानी धेरै बिद्यार्थीहरुको रोजाई बन्न थालेको छ ।

२०७५ असार ३ गते विश्वविद्यालय अनुदान आयोगवाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यू.ए.ए )सम्बन्धन प्राप्त गरेसंगै दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा बिद्यार्थीहरुको चाप बढ्न थालेको क्यामपस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीले बताउनु भएको छ ।

२०४७ सालमा क्याम्पस स्थापना भएसंगै शैक्षिक वर्ष २०४७ साल देखि नै मानविकी तथा सामाजिक विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक कार्यक्रम सुरु गरेको यस क्याम्पसमा अहिले बि.बि.एस , बि.बि.ए , बि.ए ,बि.एड , एम. बि.एस. र एम.एड का कक्षाहरु संचालन भैरहेको क्याम्पस प्रमुख सागरमणी पाण्डेले बताउनु भयो ।

शैक्षिक सत्र २०७७ /०७८ मा १ हजार ३ सय ९५ जना बिद्यार्थीहरु अध्ययन गरेको सो क्याम्पसमा एमफिल गरेका ,पि.एच.डि. अध्ययन गर्ने देखि पि.एच.डि.ईन्रोलमेन्ट प्रक्रिया पुरागरी सक्नु भएका र वषौं देखि अध्यापन गराउदै आउनु भएका प्रध्यापकहरुले अध्यापन गराउदै आउनु भएको क्याम्पस प्रमुख पाण्डेले बताउनु भएको छ ।

अहिले व्यवस्थित पुस्तकालय,कम्प्युटर ल्याब, बिद्यार्थीहरुका लागि यातायातको सुबिद्या ( बस संचालन ) चमेना गृह, खुल्ला चौर,मनोरम वातावरण सहितको गार्डेन , गुणस्तरीय पिउने पानी,समय सापेक्ष डिजिटल कलास लगाएतका थुप्रै सेवाहरु दिदै क्याम्पस आफ्नै नीति नियमद्वारा निर्देशित हुदै गएकाले दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा बिद्यार्थीहरुको चाप बढ्न थालेको पाण्डेको भनाई रहेको छ ।

शान्त तथा मनोरम वातावरण र स्पष्ट निर्धारित संगठनात्मक संरचना भएको जिल्लाकै नमुना सामुदायिक क्याम्पसको प्रशासनिक कार्य सम्पादनका लागि प्राप्त प्रावधिक नेटवर्कको व्यवस्था गरेर यस क्षेत्रका बढ्दो विद्यार्थी सङ्ख्यालाई सेवा दिने गरी छुट्टै शैक्षिक व्यवस्थापन तथा सूचना प्रणालीको व्यवस्था समेत मिलाउने गरी क्याम्पस संचालन समितिले कार्यसम्पादनलाई अगाडी बढाएको संचालन समितिका सदस्य पुण्य प्रसाद पौडेलको दावि रहेको छ ।

संचालक समितीका सदस्य पौडेलका अनुसार क्याम्पसमा अल्प सङ्ख्यक र सीमान्तकृत समुदायको पहँुच पुर्याने देखि दक्ष अनुभवी तथा प्रतिबद्ध प्राध्यापक तथा कर्मचारीहरुको हक हित र समय सापेक्ष बजारमा बिक्ने र टिक्ने शैक्षिक जनशक्ति उत्पादन हुने गरी क्याम्पस संचालन कार्यलाई अघि बढाईएको पौडेलले बताउनु भयो ।

त्यतिमात्र हैन आफुहरुले क्यम्पस संचालनका क्रममा स्थानिय समुदायसँग सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्ने भएकाले पनि सबैले अहिले नजिककै सामुदायिक क्यामपसले सबै विषयका गुणस्तरीय शिक्षा दिईरहेको हुदां बुटवल,पोखरा,नारायणगढ,काठमाण्डौ लगाएतका बजारहरुमा महगो खर्च तिरेर पठाउन छोडेकाले पनि दिब्य ज्योति बहुमुखी क्याम्पस चिसापानीमा बिद्यार्थीहरुको चाप बढ्न थालेको पौडेले बताउनु भएके छ ।

#दिब्यज्योति_बहुमुखी_क्याम्पस#

Leave A Reply

Your email address will not be published.