Jilla Ban Notis

खडेरी परेपछि सरावलका किसानले गाउँका अगुवाहरुलाई बाँधेर पुजा गराए

0 36

कृष्ण ढकाल
बर्दघाट,साउन–२
आफुले रोपेको धान १७ दिन लामो खडेरीले सुक्न थालेपछि धार्मिक मान्यतालाई विश्वास गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,वडाध्यक्ष लगाएतका ब्यक्तिहरुलाई बाँधेर वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेका छन् ।

खडेरीका कारण रोपेको रोपो सुक्न थाले पछि किसानले क्षमापूजा सहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गरेका हुन । गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यत ाअनुसार पूजा गरिएको गाउ पालिकाका अध्यक्ष सुखाडी चौधरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.