Jilla Ban Notis

पानी नपर्दा किसानहरु चिन्तीत ,खेत चिरा–चिरा परेर फाट्दै ।( भिडियो सहित)

0 99

कृष्ण ढकाल
बर्दघाट,असार–३२

पश्चिम नवलपरासीका किसानले जनतेन लगाएको धानबाली अत्याधिक गर्मीका कारण खेतमै सुक्न थालेको छ भने खेत चिरा–चिरा परेर फाटेको छ । असारको महिना सकिदा समेत आकाशे पानी नआएको र सिंचाईको सुविद्या पनि नभएका कारण पश्चिम नवलपरासीका अधिकांश किसानले लगाएको धान खेती सुकेर मर्ने संभावना बढेर गएको छ ।

ऋण धन गरेर बल्लतल्ल रोपेको धान पानी नपरेकै कारण सुकेर मर्न थालेपछि नवलपरासीका किसानहरु चिन्तीत बनेका छन् । बढ्दो महगीको मार एका तर्फ अर्काे तिर बर्षभरी खाने आशाको खेती धान खेती पनि पानी नपरेकै कारण मर्ने संभावना बढेर गएपछि किसानहरु चिन्ताले ग्रसीत भएका हुन ।

कृषि ज्ञान केन्द्र परासीका सुचना अधिकृत सन्तोष चौधरीका अनुसार पश्चिम नवलपरासीमा २१ हजार हेक्टर जमिनका धान खेती हुने गरेको छ । जस्मा अहिले सम्म ९५ प्रतिशत किसानहरुले धान रोपिसकेका छन ।

सानो डिपटूयुवेलको पानी,नहरको पानी र पम्पीसेट मार्फत खोला र घोलावाट पानी तानेर करिव १० हजार हेक्टर जमिनमा रोपाई गरीएको थियो भने बांकी असार १३ र १४ गते परेको आकाशे पानीवाट पश्चिम नवलपरासीका किसानहरुले रोपाई गरेको कृषि ज्ञान केन्द्र परासीका सुचना अधिकृत सन्तोष चौधरीले बताउनु भएको छ ।

अबको ८/ १० दिन सम्म पनि पानी नपरे धानखेती सुकेर जाने संभावना रहेको चौधरीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.