कृष्ण ढकाल
बर्दघाट,असार–२९
पूवै पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्र्तगत भुमहि र भुताहाका स्थानियवासीहरु ले सडक निमार्ण कार्यगर्दा निमार्ण कम्पनीको लाप्रवाहिले आफु र यात्रुलाई सास्ती भएको भन्दै आन्दोलन गरेका छन् ।
राजमार्ग निमार्णको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनको लाहप्रवाहिका कारण सडक विस्तारको काम सुरु भएपछि भत्किएको बाटो मर्मतको कामसमेत ठप्प हुदां लामो समय देखि धुलोले आफु र यात्रुलाई सास्ती भएको भन्दै आज भुमहि र भुताहा चोकमा एक/ एक घण्न्टा सडक वन्द गरेर आन्दोलनमा उत्रेका थिए ।
सडक नै वन्द गरेर आन्दोलनमा उत्रिय पछि निमार्ण कम्पनीले वार्तामा बोलाएर ३ दिन पछि पश्चिम नवलपरासीका बजार क्षेत्रमा पिचगर्न शुरुगर्ने सहमति गरेको आनदोलनका अगुवा तथा पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाईले बताउनु भएको छ ।
२०७९ साउन २२ गते सम्म सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता गरेर काम शुरु गरेको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनको काम कछुवाको गतिमा भैरहेको छ । जस्का कारण राजमार्ग छेउछाउमा बस्ने स्थानियवासीहरु देखि सडकमा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
गर्मी बढेको र सडकमा अत्यधिक सवारी साधन गुड्ने भएकाले ट्याङ्करबाट पानी हाल्नेबित्तिकै पानी सुकेर धुलो उड्ने गरेको छ ।
पूर्वपश्चिम–राजमार्ग अन्तर्गत बुटवल –नारायणगढ सडकखण्ड विस्तारको शिलान्यास भएको करिव ४ वर्ष पूरा हुनलाग्दा अहिले १८ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको बुटवलबाट सडक विस्तारको शिलान्यास गर्नु भएको थियो ।