गौरीशंकर जयसवाल
परासी २६ असार
निजी क्षेत्रको प्रतिनिधीमुलक संस्था उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीको ३८ औँ बार्षिक साधारण सभासम्पन्न भएको छ । संघको सभाहलमा ३८ औँ बार्षिक साधारण सभा परासीमा सम्पन्न भएको हो ।
साधारण सभाका अधिकांस उद्योगी व्यवासयीहरुले सरकारसंग निजी क्षेत्रले सहकार्य गरेर अघि बढने खोजेको बताएका छन । सरकारले उद्योगीहरुले हेर्ने दृष्टिकोण फरक रहेको बताउदै देशमा आर्थिक सामाजिक कान्ति गर्न सकिएन भने देशमा अर्थतन्त्र बलियो नहुने बताएका हुन ।
कार्यक्रममा उद्योग बाणिज्य महासघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले राज्य ठोस निती नल्याउदाँ उद्योग व्यवासयहरु फस्टौउन नसकेको बताउनु भयो । नवलपरासी जिल्लामा उद्योग व्यवसय स्थापन भएको भएपनि सरकारले संरक्षण गर्न नसकेको बताउदै सरकारले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण फरक रहेको बताउनु भएको छ ।
उहांले कोभिड कारणले उद्योगी व्यवासयीहरु ऋण डुबेकोले बैकको व्याज छुट हुने गरी र उद्योगीहरुको व्यपार व्यवसाय माथि उठाउन गरी ठोस निती ल्याउनुपर्नेमा जोड दिनु भयो । लुम्बिनी प्रदेश सासद एव उद्योग बणिज्य संघका पूर्व अध्यक्ष बैजनाथ कलवारले नवलपरासीको बिकासमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउदै तर निजी क्षेत्रलाई सरकारले फरक तरिकले हेदाँ उद्योगी व्यवासयीहरु मर्कामा परेको बताउनु भयो ।
उद्योग बाणिज्य संघ नवलपरासीको अध्यक्ष केशव भण्डारीको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य एव पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज काण्डेलको प्रमुख आथ्यितामा भएको कार्यक्रममा बोल्दै कंण्डेलले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढिरहेको बताउनु भयो ।
उहांले निजी क्षेत्र उठाएको माग जायज रहेकोले सरकारले उद्योग व्यवासयको व्यापार फस्टउने ठोस निती ल्याउने गरी अघि बढे्को बताउनु भयो । उहांले एक फरक प्रसगमा निजी क्षेत्र आफैमा स्वयार्थ संस्था भएको कुनै दलले चालउने हैन कर्मठ पश्रिमीक व्यवसायीले चालउने बताउनु भएके थियो।
बार्षिक साधरणसभामा महासचिव गिरीराज पाण्डेयले बार्षिक प्रतिबेदन कोषाध्यक्ष रामकुमार गूप्ताले आथर््िाक प्रतिबेदन पेश गर्नु भएको थियो। बार्षिक साधरणसभामा जिल्ला समन्वय समितीका प्रमवुख भगौेती यादव,सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल,रामग्राम नगरपालिका उपमेयर सम्झाना चौधरी,नेकपा एमाले उापध्यक्ष डोलराज भण्डारी,नेकपा पूर्व स्थानिय बिकास राज्यमन्त्री घनश्याम यादव,नेपाली काँग्रेसका उपाध्यक्ष बिक्रम यादव जनता समाजबादीका अध्यक्ष धरेन्द्र यादव, लोकतात्रिक समाजबादी अध्यक्ष मुकुरजी गिरी,उद्योग बाणिज्य महासंघका बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ उद्योग बाणिज्य संघका बारिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी लगायतले शुभकामना मन्तव्य व्यक्त थिए ।