Jilla Ban Notis

जनता समाजवादीले फिर्ता बोलायो ३ जना मन्त्रीलाई, प्रस्तावित नयाँ मन्त्रीको नाम सिफारिस

0 34

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउदै प्रस्तावित ३ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । सो पार्टीले एक जना मन्त्रीलाई भने निरन्तरता दिने भएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंहलाई प्रस्ताव गरिएको छ । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको छ ।

अध्यक्ष उपेन्द्र यादवले हिजो सँझ बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्तावित मन्त्रीहरुको नाम बुझाउनुभएको हो ।

@ -नेपाल टेलिभिजन

Leave A Reply

Your email address will not be published.