Jilla Ban Notis

दाउन्ने देवि मा.वि.ब्यवस्थापन समितिको अध्यक्षमा रमेश बस्याल

0 97

कृष्ण ढकाल
बर्दघाट,असार–१९
बर्दघाट नगरपालिका वडा नम्वर –४ मा रहेको दाउन्ने देवि मा.वि. ब्यवस्थापन समितिको अध्यक्षमा रमेश बस्याल सर्वसम्वत रुपमा चयन हुनु भएको छ ।

अभिभावकको तर्फवाट ब्यवस्थापन समितिका लागि रमेश बस्याल ,दिपा रिजाल पौडेल ,रोशनी गहतराज,सन्तोष गुरुङ्ग चयन हुनु भएको थियो भने नगर बाट ईस्वरी प्रसाद भुर्तेल र गौमाया पराजुली मनोनित हुनु भएको थियो ।

नगरपालिकावाट मनोनित हुनुभएका सदस्य र अभिभावकहरुवाट चयन हुनुभएका सदस्यहरु मध्येवाट रमेश बस्याललाई सर्वसम्वत रुपले अध्यक्षमा चयन गरीएको थियो ।

त्यसैगरी शिक्षक प्रतिनिधिका रुपमा भोजराज चापागाई र सदस्य सचिवका रुपमा विद्यालयका प्रधानाध्यापक चिरन्जिबी खनाल रहनु भएको छ ।

लामो समय सम्म विद्यालय ब्यवस्थापन समितिको पूर्णता नपाएको उक्त दाउन्ने देवि मा.वि.मा अहिले भने सहज रुपमा ब्यवस्थापन समिति गठन भएको छ । समिति गठन गर्नकालागि सहमति जुट्न नसक्दा नसक्दै पनि यस अघि गठन गरीएको समिति विरुद्ध मुद्धा परेपछि विद्यालय नै प्रवेश गर्न नपाउदै अदालतले खारेजी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.