Jilla Ban Notis

बाढी नियन्त्रण गर्नको लागि रामखण्डा खोला सरसफाई ।

0 36

गौरीशंकर जयसवाल

परासी १५ असार
बाढी नियन्त्रण गर्नको लागि रामग्राम नगरपालिकाको रामखण्डा खोला सरसफाई गरिएको छ । रामग्राम नगरपालिकाको अगुवाईमा सदरमुकाम परासीस्थित रहेको वडान ६ ,३ र ४ पर्ने रामखवडा खोलाको सरसफाई गरिएको हो । बाढी नियन्त्रयणको लागि गर्नको लागि रामखण्डामा खोलामा रहेको जलकुम्भी, फोहोरजन्य वस्तु लगायतका कारण खोलाको पानी निकासमा समस्या देखिएपछि खोलाको सरसफाइ गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिए ।

उनको अनुसार खोलाको नियमित सरसफाइ तथा अतिक्रमणका कारण वर्षेनी उक्त खोलामा आउने बाढीले ठूलो क्षति पुर्याउँदै आएको भन्दै नेपाली सेना नेपाल प्रहरी र शासस्त्र प्रहरी सहयोगमा रामखण्डा खोला सरसफाई गरिएको बताए ।

अविरल वर्षासँगै रामखण्डा खोलामा पानीको वहाबलाई सहज निकास नपाउँदा पानीको सहज निकासको समस्या समाधन र पानी बहाब सजीलो तरिकाले पानी निकास होस भनि खोला सरसफाई गर्नको लागि सरसरफाई गरिएको यादव भनाई छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले रामखण्डा खोलामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरीको जवानहरुले खोलामा रहेको जलकुम्भी, फोहोरजन्य वस्तु लगायतका कारण खोलाको पानी निकासमा समस्या देखिएपछि पानीको बहाव निकास दिनको लागि खोला सरसफाई गरिएको बताए ।

नेपाली सेना नेपाल प्रहरी र शासस्त्र प्रहरी सहयोगमा रामखण्डा खोला सरसफाई गर्दै

गत वर्ष रामखण्डा खोलाको बाढीले जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको रामग्राम व्यारेक रामग्राम नगरपालिकाको वडान ६ पोखारापाली, वडान ३ शान्ति टोल, घोडपाली वडान ४को जितपुरलागयतको क्षेत्रबस्ती पूर्ण रुपमा डुबाउदाँ ठूलो धनजनको क्षेती भएको थियो । उक्त बस्तीहरुलाई डुबान र काट्नबाट जोखिम र जोगाउनको लागि रामखण्डा खोला सरसफाई गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम काडेलले जानकारी दिए ।

गौरब दल गण रामग्राम व्यारेकाप्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको कमाण्डमा ४५ जना, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ऋषीराम कडेलको कमाण्डमा ४५ जना र सशास्त्र प्रहरी नेपाल नं। २६ गण हेडक्वाटर नवलपरासीबाट सप्रनाउ रोशन घिमिरेको कमाण्डमा ४७ जना गरी १३७ जना सुरक्षा निकायका टोली खटिई सरसफाई गरीरहेका छन । , बाढी तथा डुवानलाई मध्यनजर गरी रामखण्ड खोला सरसफाई कार्यक्रम गरिएको हो । बाढी तथा डुबानलाई हुवाटिकरमा तटबन्ध निर्माण कार्य भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.