Jilla Ban Notis

राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको गम्भिर ध्यानाकर्षण ।

0 56

कृष्ण ढकाल
बर्दघाट,असार–३
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले बिधुत् प्रवाह र वितरण प्रणाली प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नवलपरासी जिल्ला संयोजक राम बहादुर भण्डारीले आज एक विज्ञप्ती जारीगरी विद्युत प्रवाह नियमित गर्न विज्ञप्ती मार्फत परासी विद्युत वितरण केन्द्र र बर्दघाट बिधुत् वितरण केन्द्रलाई आग्रह गरीएको छ ।

विज्ञप्तीमा जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने बिधुत् प्रवाह र वितरण प्रणालीको कारण बर्दघाट सुस्ता पश्चिम नवलपरासीका जनताको जीवनस्तर निकै कष्टपूर्ण भैरहेको जनाईएको छ ।
जलाधारमा आद्यारीत विद्युत उत्पादन बढी भैरहेको अवस्थामा विद्युत गृहहरु पूर्ण क्षमतामा सञ्चालन भै विद्युत निर्यात गरिरहेको सुचना प्रवाह भैरहेको तर बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सवै क्षेत्रमा विद्युत आउने जाने गरी रहदा पूरानो लोडसेडिङ्गको झल्को अनुभूती भएको भन्दै यो समस्याको तत्काल समाधान गर्न विज्ञप्ती मार्फत आग्रह गरीएको छ ।

बिधुत् प्रवाह र वितरण प्रणाली नियमित गर्न समयमा संबोधन नभएमा आन्दोलनका कार्यक्रमहरु संचालन गरिने राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला संयोजक राम बहादुर भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.