Jilla Ban Notis

बर्दघाट नगरमा ड्रयागन फल खेतीको उत्पादन शुरु

0 75

गोपी ज्ञवाली
परासी जेठ २७
पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रेगनफुडका खोती शुरु गरेका छन । नवलपरासीमा पहिलो पटक नमुनाको खेतीको रुपमा १४ महिना पहिला रोपिएको ड्रयागन फल ले निर्धारित समयमा नै उत्पादन दिए पछि वर्दघाट नगरपालिका वार्ड नम्बर ६ का किसान देवीदत्त सापकोटा अत्यन्तै हर्षित हुनु भएको छ ।

आफनो खेतको एउटा कुनामा नमुनको रुपमा पहिलो पटक दुई कठठामा रोपिएको ड्रेगनफुडले अहिले रातो रंगको फल लागे पछि आफु अत्यन्तै उत्साहित भएको वर्दघाट नगरपालिकाका किसान साप्कोटाले बताउनु भयो ।

पहिलो पटक मकवानपुरबाट २०७७ फागुन महिनामा ल्यार्ईएका विरुवा रोपेको १४ महिनामा नैड्रेगनफुडले फलन थाले पछि अहिले किसान साप्कोटाले सो हि स्थानमा ४०० वटा विरुवा थप गर्नु भएको छ । यसै गरी वर्दघाटको वार्र्ड नम्बर १ का भोज बहादुर थापाले १० कठठामा, वार्ड नम्बर ६ मा अर्का किसान गोविन्द जिसीले ४ कठठामा लगाएतका किसानहरुले अलग अलग स्थानमा डे«गनफुडको खेती शुरु गर्नु भएको छ ।

जिल्लामा नै पहिलो किसानको रुपमा किसान साप्कोटाले वर्दघाटको विद्युतमा ड्रेगनफुडको खेती शुरु गरे पछि अहिले जिल्लाका अन्य किसानहरु पनि ड्रेगनफुडको ब्यावसायिक खेती तर्फ आकर्षक भएका छन । आफुले पहिलो पटक हेटौडा पुगेर ड्रेगनफुडका विरुवा ल्याएको भए पनि अहिले किसान साप्कोटाले जिल्ला वा जिल्ला बाहिरका किसानहरुलाई सजिलो हुने गरी नवलपरासीमा नै ड्रेगनफुडको विरुवा समेत उत्पादन शुरु गरेको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.