Jilla Ban Notis

प्रतापपुर गाउँपालिकाले शिक्षा,स्वास्थ र कृषिमा पहिलो प्राथमिकता दिने ।

0 52

श्याम थापा

सुस्ता ,जेठ –२१

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको कार्यालयले शिक्षा,स्वास्थ्य र कृषिमा पहिलो प्राथमिकता राखेर अघि बढेको बताएको छ । बिहीवार प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षयतामा बसेको पहिलो गाउँकार्यपालिकाको बैठकले बिशेश गरि शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता राखेर बैठकलाई अगाडि बढाएको हो ।

गाउँकार्यपालिकाको बैठकले प्रतापपुर गाउँपालिकाको कार्यालय बिगत ५ बर्ष देखी भाडामा रहेर सेवा दिइरहेको हुदा पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गरि पालिकाको आफ्नै भवनबाट सेवा दिने निर्णय गरेको छ ।

बैठकले प्रतापपुर गाउँपालिकाको किसानहरुलाई मध्यनजर गर्दै अर्थात पालिका भित्र ९६५ कृषि जन्य जमिन भएको कारण कुन जमिनमा के कस्तो बालीको उत्पादन हुन्छ सो बिषयलाई ध्यानमा राख्दै पालिकामा माटो परिक्षण प्रयोगशालाको स्थापना गर्ने ,त्यस्तै शिक्षामा १२ कक्षा अध्ययन गरेर स्नातक स्तर शिक्षा हासिल गर्न लागेका पालिका भित्रका छात्रा विद्यार्थीहरुलाई साईकल वितरण गरिने,किसानहरुलाई कृषक पहिचान हुने गरि कृषक परिचयपत्र वितरण र प्रतापपुर गाउँपालिकामा अत्याधुनिक बिधि तथा तरिकाको प्रयोगशालाको स्थापना गर्ने जस्ता अन्य काम समेटेर निर्णय गरिएको पालिका अध्यक्ष उमेश चन्द्र यादवले पालिकामा पत्रकार सम्मेलन गरि कार्यपालिकाले गरेको निर्णय सार्बजनिक गरेका छन् ।

भनिन्छ नि नेपाली उखानमा हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भनेजस्तै प्रतापपुर गाउँपालिकाले अध्यक्ष पदमा यादवलाई पाएपछि पालिकाले एक किसिमको काचुली फेर्ने पालिका बासीले अनुमान गरेको छ ।

पालिकाको पहिलो कार्यपालिकाको बैठकको महत्त्वपूर्ण निर्णयहरुले वास्तवमा प्रतापपुर गाउँपालिकाले शिक्षा,स्वास्थ्य र कृषि लगायत विभिन्न क्षेत्रमा एक किसिमको बिकासको लहर आउने संगसंगै पालिकाले एक किसिमको फड्को मार्ने प्रतापपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.