Sarawal sit lahar Notis

सुनवल वडा नं. १ मा ३ महिने आधारभुत सिलाइ कटाई तथा एडभान्स तालिम सम्पन्न् ।

0 105

अमृता सुनार

सुनवल,११ जेष्ठ

सुनवल नगरपालिका वडा नम्बर १ प्रगतिटोलमा अवस्थित महिला उधमी केन्द्र संचालन तथा ब्यवस्थापन समिति द्वारा संचालित ३ महिने सिलाइ कटाइ आधारभुत तथा एडभान्स तालिमको सम्पन्न भएको छ ।
आधारभुत सिलाइ कटाई तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो भने एडभान्स तालिममा पनि ३० जना महिलाहरुको सहभागिता रहेको र जम्मा ६० जना महिलाहरुको सहभागिता रहेको थियोे ।


महिला उधम केन्द्र संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष सिता भन्डारीको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० जना सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै ३ महिना सम्म सिकेको शिपलाइ ब्यबहारमा उतार्न पर्नेमा जोड दिदै महिला उधम केन्द्र भनेको महिलाहरुको उधमशिलताको थलो भएकोले उधम केन्द्र बर्षमा ४ महिना मात्रै संचालन नभएर बर्षमा १२ है महिना चल्नुपर्छ भन्दै सबै परिक्षायार्थि हरुलाइ शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा निबर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी कार्यपालिका सदस्य शान्ता भन्डारी वडा सदस्य कृष्ण के सि प्रशुराम कवर सदस्य बाल कुमारी परियार ,अम्बिका थापा, गोमा आचार्य लगाएतले मन्तव्य दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष दिल कुमारी खत्रीले दिनु भएको कार्यक्रमको संचालन समितिका सचिब समिक्षा सिन्जापतिले गर्नु भएको थियो । प्रशिक्षक राधा सापकोटा र शोभा ढकाल रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.