Jilla Ban Notis

न्युनतम ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने सुनवल नगरप्रमुख अर्यालको प्रतिवद्धता

0 69

कृष्ण ढकाल / रमेश भुषाल
सुनवल,जेष्ठ–९
जनताको आधारभुत आवश्यकता अन्तर्गत सुनवलवासीलाई स्वच्छ पानीको लागि न्युनतम ५ हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने सुनवल नगरपालिकाकी नवनिर्वाचीत नगरप्रमुख विमला अर्यालले प्रतिवद्धता जाहेर गर्नु भएको छ । नवनिर्वाचित सुनवल नगरपालिकाका जनप्रतिनिधिहको सपथ ग्रहण कार्यक्रममा आज बोल्दै नगरप्रमुख अर्यालले उक्त प्रतिवद्धता व्यक्त गर्नु भएको हो । उहांले नगरको पहिलो कार्यपालिकाको बैठकवाट नै उक्त कार्यको निर्णयगरी कायान्वयनमा लैजाने बताउनु भएको छ ।

समृद्ध सुनवल, सुखी सुनवलबासीको परिकल्पना गरेको बताउदै नगरप्रमुख अर्यालले जनताको आधारभुत आवश्यकता पुरागर्न तर्फ आफु लागिपर्ने बताउनु भएको थियो । साथै उहांले अब सुनवल नगरलाई महिला हिंसा शुन्य नगरबनाउने तर्फ पनि आफ्नो ध्यान केन्द्रीत हुने बताउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य वैजनाथ चौधरीले शुसासनमा जोड दिदै सबै जनप्रतिनिधिलाई आर्थिक ऐन बनाउनुपर्ने बताउनु भएको थियो । आर्थिक ऐन बिना कुनै पनि कर उठाउन र खर्च गर्न नपाउने भन्दै ऐनलाई हु–वहु पालना गर्नुपर्ने मा चौधरीले जोड दिनु भएको थियो। साधारण तर्फको खर्च कति छ र पुँजीगत खर्च कति छ भन्ने कुरा र जनप्रतिनिधिहरु कति विकास प्रेमी छन् भन्ने कुरा साधारण र पुँजीगत खर्चको प्रतिशतले निर्धारण गर्ने चौधरीले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रदेश सभासद भगवती भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीको केन्द्रीय सदस्य देवि घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल, लगाएतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभाकामना व्यक्त गरेका थिए ।

साथै नगरप्रमुखले नगर उपप्रमुखलाई सपथ ग्रहण गराउनु भएको थियो भने उपप्रमुखले सबै वडाध्यक्ष र सदस्यलाई सपथ ग्रहण गराउनु भएको थियो ।

सोहि अवसरमा स्थानीय तहको निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान पत्र सहित बिदाई गरिएको थियो । साथै नवनिर्वाचित नगर प्रमुख उपप्रमुख र वडाध्यक्ष सहितका सबै जनप्रतिनिधिले सहिद विष्णु पाण्डे प्रतिष्ठानमा सहिदलाई पुष्पअर्पण गरि कार्यकक्ष प्रवेश गरेका थिए।

Leave A Reply

Your email address will not be published.