Jilla Ban Notis

सुस्ता गाउँपालिका अध्यक्षमा टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी बिजयी

0 61

सुस्ता ,जेष्ठ–६

स्थानीय तहको निर्वाचन अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार बिजयी भएको छ । पालिका अध्यक्ष पदमा बिजयी हुनेमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार टेक नारायण उपाध्याय र उपाध्यक्षमा गिता चौधरी बिजयी भएका हुन् ।

उपाध्यायले ६हजार ६ सय ५ मत प्राप्त गरि बिजयी भएका छन भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राम प्रसाद पाण्डेयले ५ हजार ९ सय ९८ मत प्राप्त गरि पराजित भएका छन् । कुल २ सय ७२ को मतान्तर को मतले नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षका उम्मेदवार उपाध्यायले पुर्व पालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार पाण्डेयलाई पछाडि पारी बिजयी हासिल गरेको हो ।

त्यस्तै नेपाली काङ्ग्रेस पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवार रहेका गिता चौधरीले ६ हजार ६ सय ५ मत प्राप्त गरि बिजयी भएकी छन् भने उनका प्रतिद्वन्दी पुर्व पालिका उपाध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार ईन्द्र कुमारी थरुनीले ५ हजार ९ सय ८४ मत प्राप्त गरि बिजयी भएकी चौधरीले ६ सय २१ को फराकिलो मतले पुर्व उपाध्यक्ष थरुनीलाई पराजित गराएकी हुन् ।

Leave A Reply

Your email address will not be published.