Jilla Ban Notis

पञ्चनगरमा सुनौलो हजार दिनका आमाहरुलाई पोषण सामाग्री वितरण ।

0 121

जिवन न्यौपाने
बर्दघाट,बैशाख–२१
बर्दघाट नगरपालिका वडा नं. ९,भुताहामा सुनौलो हजार दिनका आमाहरुलाई जिवन सुरक्षा पोषण तालीम तथा सामाग्री वितरण कार्यक्रम सम्पन्न् भएको छ ।
पञ्चनगर स्वास्थ्य चौकीको आयोजना तथा बर्दघाट नगरपालिका वडा नम्वर ९ को आर्थिक सहयोगमा पञ्चनगरका ५० बढी महिलाहरुलाई तालीम प्रदान गर्नुका साथै पोषण सामाग्री वितरण गरीएको थियो ।
गर्भवती र सुत्केरी आमाहरुलाई अण्डा,साबुन,आयो नुन,नङ्कट (किट) लगाएतका सामाग्रीहरु वितरण गरीएको पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिलसिनाले जानकारी दिनु भएको छ ।

कार्यक्रम संयोजक सिनियर अनमि संगिता पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा पञ्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिलसिनाले सहजी करण गर्नु भएको थियो भने वडासचिव हिमा वनले सहभागिहरुलाई महिलाको जिवन सुरक्षा र चुनौतीका वारेमा जानकारी दिनु भएको थियो ।

अहेव ज्ञान प्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा सहभागि सुनौलो हजार दिनका आमाहरुलाई प्रत्यक्ष रुपमा पोषणका सामाग्रीहरु देखाएर त्यसको प्रयोग र भण्डारण गर्ने तरीकाका वारेमा समेत जानकारी गराईएको स्वास्थ्य चौकी प्रमुख तमिलसिनाले जानकारी दिनु भएको छ ।

सुनौलो हजार दिन भन्नाले गर्भ रहेको पहिलो महिना देखि बच्चा जन्मेको दुई बर्ष सम्मको अवधिका आमाहरुलाई बुझने गरीन्छ ।

Leave A Reply

Your email address will not be published.