Jilla Ban Notis

खजुरा खाेलामा १ जना युवककाे मृत्यु ।

0 124

पप्पु रेग्मी, बर्दघाट, बैशाख १० । पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. ५ सखुवानी स्थित खजुरा खोलामा डुबेर एक युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ पञ्चम कुटी नजिकै रहेकाे खजुरा खोलामा शनिबार पौडी खेल्न गएका २९ वर्षीय सुरज थापा मगर खजुरा खाेलामा डुबेर मृत्यु भएको हो ।


ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार मृतक थापाको शरीरलाई खोलाबाट झिकी पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जनाएकाेे छ।

Leave A Reply

Your email address will not be published.