Jilla Ban Notis

नवलपरासीमा पौडेल वंश महासंघको जिल्ला समिति गठन ।

0 28

सुनवल, १० वैशाख
पश्चिम नवलपरासीमा आत्रेय गोत्रीय पौडेलहरुको साझा छाता संस्था पौडेल वंश महासंघ नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ(रा । आज सुनवलमा भएको जिल्ला भेलालले धनञ्जय पौडेलको(बर्दघाट) अध्यक्ष्तामा सातै पालिकाबाट प्रतिनिधित्व हुने गरी पन्ध्र सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा विष्णुप्रसाद पौडेल(सुनवल खकरीबारी), सचिवमा मोहन पौडेल (रामग्राम), कोषाध्यक्षमा अञ्जु पौडेल(बर्दघाट) रहनुभएको छ भने सदस्यहरुमा तिलक प्रसाद पौडेल, खगराज उपाध्याय, टंकप्रसाद पौडेल,पिताम्बर पौडेल,मुक्तिप्रसाद पौडेल,लक्ष्मीप्रसाद पौडेल,सुदिप पौडेल लगायत रहनुभएको छ ।

जिल्ला सल्लाहकारमा विष्णुप्रसाद पौडेल(जिल्ला सहकारी संघका अध्यक्ष), मायादेवी पौडेल(उपमेयर बर्दघाट नगरपालिका) र विमल पौडेल(रामग्राम) लाई चयन गरिएको छ भने वंशवाली संकलन समितिको संयोजकमा कृष्णप्रसाद पौडेल, सदस्यमा रेशम शर्मा, शेषकान्त पौडेल,जीवन पौडेल, चेतनाथ पौडेल रहनुभएको छ । यसैगरी कूलपूजा व्यवस्थापन समितिको संयोजकमा रेशम पौडेल र सदस्यहरुमा शेषकान्त पोडेल, ज्ञानुप्रसाद पौडेल,ख्यामनारायण पौडेल, जीतबहादुर पौडेल रहनुभएको महासंघले जनाएको छ ।

पौडेल वंश महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्य रामचन्द्र पौडेलको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक रेमलाल पौडेल(नविन)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपमेयर मायादेवी पौडेल, प्राध्यापक शेषकान्त पौडेल, नेपाल नगरपालिका कर्मचारी एसोसियसनका केन्द्रीय उपाध्यक्ष रेशम शर्मा, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश सदस्य धनन्जय पौडेल, सामुदायिक रेडियो दाउन्नेका स्टेशन म्यानेजर मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्दै जिल्लाभरी छरिएर रहनुभएका पौडेलहरुबीच आपसी सद्भाव कायम हुने र पौडेल वंशको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.