Jilla Ban Notis

होटल ओरियनमा नयाँ वर्ष २०७९ सालको अवसरमा म्युजिकल नाईट सेलिव्रेशन हुने ।

0 114

रमेश भुसाल

सुनवल,चैत्र २९
पश्चिम नवलपरासीको सुनवल स्थित होटल ओरियनमा नयाँ वर्ष २०७९सालको अवसरमा म्युजिकल नाईट सेलिव्रेशन हुनेभएको छ । लुम्विनी प्रदेशकै उत्कृष्ट होटल ओरियनले लामो समय सम्म कोभिडका कारणले घरभित्रै वस्न वाध्य भएका स्थानियहरुलाई मनोरञ्जन दिन साथै कालाकारिता क्षेत्रलाई थप प्रर्वद्धन गर्न र स्थायिन कलाकारहरुलाई समेत उजागार गर्ने उद्देश्यले वैशाख १ गते साझँ म्युजिकल नाईट सेलिव्रेशन कार्यक्रम राखेको होटल संचालक अविनाश पोखरेलले बताउनुभयो ।

वुटवल देखि वर्दघाट सम्मको क्षेत्रका दर्शकलाई लक्षित गरि संचालन हुने म्युजिकल नाईट सेलिव्रेशनमा आरटिष्ट कुशल श्रेष्ठ, डिजे अतुल, ¥यापर रेक्स साथै बिनिता शाहिको ग्रुपको नृत्य रहेने र स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने प्रोग्राम अर्गनाइजर तथा सहकार्य इभेन्टका मेम्मबर प्रदिप अर्यालले जानकारी दिनुभयो ।

म्युजिकल नाईटमा इन्ट्रिको लागी २ सय देखि ५ हजार सम्मको टिकट व्यवस्था गरिएको छ जसमा भिआइपि सेक्टर समेतको व्यवस्था रहेको सहकार्य इभेन्टका मेम्मवर आलोक श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न ठाँउमा कार्यक्रमहरु गर्दै र अनुभव वटुल्दै आएको सहकार्य इभेन्टले अन्य ठाँउहरुको तुलनामा होटल ओरियनमा सुरक्षा र व्यवस्थापनका दृष्टिकोणले उत्तम रहेको भन्दै म्युजिकल नाईट संचालन गर्न गइरहेको जनाएको छ ।

https://www.youtube.com/watch?v=RQ5K9OgOgV8

Leave A Reply

Your email address will not be published.