देवदह,चैत्र –१७
रुपन्देहीको देवदह नगरपालिकामा बनेका अधिकांश भौतिक संरचनाहरु कमसल बन्ने गरेका छन् । लामो समय सम्म जनप्रतिनिधि बिहिन हुदा भन्दा गुणस्तरियता र पारदर्शीतामा सुधार हुने अपेक्षा गरिएपनि काम झन कमजोर अवस्था देखिएको छ । देवदह नगरपालिकाले निर्माण गरेका कालोपत्रे वाटोहरु एक बर्ष नपुग्दै भत्किने गरेका छन् ।
आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा निर्माण भएका बाटाहरु काम नलाग्ने गरी भत्किएपनि सम्वन्धीत निकाय भने चुप लागेर बसेको छ । देवदह नगरपालिकाले निर्माण गरेका वडा कार्यालय र स्वास्थ्य चौकी भवन मात्र कमजोर र पानी चुहिने होईन देवदह नगरपालिकाका मुख्य प्रशासनिक भवन नगरपालिकाको कार्यालयमा समेत समस्या रहेका छन् ।
निर्माणको क्रममा नागरिकले गुणस्तरीय काम भएको छैन भनेर प्रमाण सहित भन्दा पनि सबै भन्दा राम्रो बनेको भनेर देवदह नगरपालिकाका प्राबिधिकहरुनै नागरिक माथी धावा बोल्ने गरेका छन् । यसै कारण देवदहमा गरिने बिकास निर्माणका काम हरेक बर्ष गुणस्तर हिन बन्दै गएका छन् । आर्थिक बर्ष २०७७÷०७८ को बजेटवाट २०७८ साल असारमा सम्पन्न भएको कालोपत्रे बाटो बनेको केही समयमै भत्किन सुरु गरेको छ ।
देवदह–४ भवानीपुर देखि प्रगति टोल सम्म जाने सडक कालोपत्रे गरेको एक बर्ष नपुग्दै भत्किएको छ । सार्वजनिक सुचना पाटीमा उल्लेख गरे अनुसार देवदह ४, का बिभिन्न स्थानमा सडक कालोपत्रे गरेको उल्लेख गरिएको छ । कुल ३३ लाख ४ हजार ५२ रुपैया ९२ पैसामा ठेक्का गएको उल्लेख छ । आरडिआरजय अम्बेजेभि.काठमाण्डौंले ठेक्कामा काम गरेको र कार्य सम्मन्न मिति २०७८ असार २० गते उल्लेख गरिएको छ । कति लम्बाई र र कति चौडाई बाटो कालोपत्रे गरिएको हो भनेर सूचना पाटीमा जानकारी भने रहेको छैन ।
सडक कालोपत्रे गरेको १ बर्ष नपुग्दै भत्किनुको कारण जनप्रतिनिधिलाई भन्दा प्राबिधिक कर्मचारीलाई जानकारी हुने देवदह–४, का वडाअध्यक्ष दिपक चापागाईको भनाई रहेको छ । उपभोक्ता समिति मार्फत सडक कालोपत्रे गर्दा गुणस्तर भएन भनेर ठेक्का मार्फत बनेको कालोपत्रे बाटो झन छिटो भत्कने गरेको उहाले बताउनु भयो । नियमानुसार ठेकेदार कम्पनीले बाटो मर्मत गर्नु पर्ने उहाले बताउनु भयो । देवदह नगरपालिकामा कालोपत्रे सडक एक बर्ष भित्रै भत्कने भएपनि हाल सम्म देवदह नगरपालिकाले पूर्ण मर्मत गराएको पाईदैन ।
सामान्य अलकत्र छरेर मर्मतको फर्जी मुल्यांकन हुने गरेको छ । यसै कारण जस्तो काम गरेपनि ठेकेदार कम्पन्नीले रकम पाउने गरेको छ । देवदह नगरपालिका भौतिक पूर्वाधार शाखाका प्रमुख राजकुमार यादवले जानकारी बल्ल भएकोले स्थलगत रुपमा गएर अवलोकन गरेर कारण पत्ता लगाउने र ठेकेदारलाई मर्मत गराउने बताउनु भयो । एक बर्ष पुरा नभएका कारण डेकेदारले मर्मत गर्ने उहाको भनाई रहेको छ । मर्मत गर्दा अपनाईने तरिकाको बारेमा भने प्रष्ट पार्न चहानु भएन ।
प्रबिधिक समस्याको कारण देवदहका भौतिक निर्माणहरु कमसल भएपनि सुधारको पहल समेत गरिएको पाईदैन । देवदह नगरपालिका योजना शाखाका प्रमुख रमेश गिरीले गुणस्तर कायम नभएमा मर्मतको लागि ५ प्रतिशत रकम धरौटी खातामा राखिएको हुदा त्यसैवाट मर्मत सम्भार गर्ने बताउनु भयो । गुणस्तर कायम गर्न नसक्दा समस्या भएको उहाको भनाई रहेको छ । कालो पत्रे बनेको ८ देखि १० बर्ष टिकाउ हुनु पर्ने सडक ८ देखि १० दिनमा नै भत्किन सुरु गर्ने र असार मसान्तमा अलकत्र छर्ने गर्दा साउन देखि भत्किने वाटो कसले मर्मत गर्दछ भन्ने जवाफ भने उहाँवाट पाउन सकिएन । देवदह नगरपालिका योजना शाखाले अनुगमन गरेपछि मात्र भुक्तानी दिने गरेको छ ।
देवदह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत डिल्लीराज बेलवासे भने कालो पत्रे सडक छिटो भत्किनुमा प्राबिधिक अनुगमन कमजोर हुनु, समय नमिल्नु, सववेस र बेसमा भाईव्रेट राम्रो संग नहुनु, पानी निकासको लागि नाला नहुनु लगाएतका कारण रहेको बताउनु भयो । प्रबिधिक समस्याको कारण देवदहमा बनेका संरचना कमजोर हुने गरेको उहाँको भनाई रहेको छ । ५ प्रतिशतले एक बर्ष मर्मत गर्ने कुरा ब्यवाहारिक नभएको हुदा प्रबिधिकहरुले जिम्मेवारी पूर्ण काम गर्नु पर्ने उहाँको भनाई रहेको छ ।