कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३
अनेरास्ववियु नवलपरासीको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम शनिवार सुस्तामा सम्पन्न् भएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष सुनिता बरालले पश्चिम नवलपरासी जिल्ला कमिटिलाई शपथ ग्रहण गराउनु भएको थियो ।
सोही कार्यक्रममा केन्द्रिय कमितिका उपाध्यक्ष यम पाण्डेले बिद्यार्थी आन्दोलन र समसामयिक राजनितिक अवस्थाका वारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा प्रदेश संयोजक सरोज पोख्रेल , सचिवालय सदस्य शुसान्त घिमिरे लगाएत केन्द्रीय कमिटीका बिद्यार्थी नेताहरुसंगै नेकपा एमाले पार्टी र जनवर्गीय संगठनका नेताहरुको समेत सहभागिता रहेको थियो ।
शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम अनेरास्ववियु नवलपरासीका अध्यक्ष निरज पौडेलको अध्यक्षता र सचिव भुपाल पौडेलको संचालनमा सम्पन्न् भएको थियो ।

