Sarawal sit lahar Notis

पञ्चनगर खानेपानीको साधारण सभा सप्पन्न ।

0 34

प्रकाश न्यौपाने
बर्दघाट,चैत्र –१२
पश्चिम नवलपरासीको बर्दघाट १० अल्हावलमा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सविंधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले यस क्षेत्रका खानेपानीका उपभोक्ताहरुलाई नियमित खानेपानीको ब्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

पछिल्लो समयमा पञ्चनगर खानेपानीले वितरण गर्दै आइरहेको खानेपानी केही जनगुनासाहरु आइरहेको कुरालाइ इङ्कित गर्दै खनालले पानीलाई शुद्धीकरण गर्ने तर्फ समितीले ध्यान दिनु पर्ने बताउनु भयो । सफा पानी खान र खुवाउनका लागि सबै सरोकार वालाहरुले जिम्मेवार पुर्ण ढंग प्रस्तुत हुन समेत आग्रह गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथिको रुपमा लुम्बिनी प्रदेश खानेपानी तथा सरसफाई डिभिजन प्रमुख गुणनिधि पोखरेलले खानेपानी मानिसको जिवन संग जति सम्बन्धित छ त्यति नै मानिसको जिवन सरसफाई संग सम्बन्धित भएको हुदा पञ्चनगर खानेपानीले उपभोक्ताको धारा सम्म स्वच्छ खानेपानी पुर्याएपनि त्यो पानीलाई स्वच्छ र सफा बनाउने उपभोक्ता माथि भर पर्ने र उपभोक्ता खानेपानीलाई सफा राख्न नसके त्यो खानेपानीको कुनै अर्थ नरहने कुरामाथि जोड दिुनभयो ।

कार्यक्रममा पञ्चनगर खानेपानीका सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठ, बर्दघाट १० का वडाध्यक्ष राजु मिश्र, ११ का वडाध्यक्ष तिर्थराज फौजदार, गैर सहकारी सस्था महासंघका अध्यक्ष वालिन्द्र विक्रम शाही, ईन्द्रेणी समाजिक विकास मन्चका अध्यक्ष कद्रम कुमार क्षेत्री लगाएतले मन्तब्य राख्नु भएको छ ।

सो अवसरमा पञ्चनगर खानेपानीले उत्कृष्ट कार्य गरेका कर्मचारी, पुर्व अध्यक्ष लगाएतलाई सम्मान गरेको थियो । सस्थाका अध्यक्ष यम बहादुर क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष राम नारायण चौधरीको स्वागत मन्तब्य र सचिव शरद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.