sunwal

बैद्य माओवादीले स्थानीय निर्वाचन बहिस्कारका लागि दुई महिने कार्ययोजना बनायो ।

40

बर्दघाट,१२ चैत्र
नेकपा९क्रान्तिकारी माओवादी० पश्चिम नवलपरासीले स्थानीय निर्वाचन बहिस्कार सहितको दुई महिने कार्ययोजना बनाएको जनाएको छ । शनिवार बर्दघाटमा भएको जिल्ला समितिको बैठकले स्थानीय निर्वाचनलाई शसक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

महंगी, भष्ट्रचारी, बेथिति र राष्ट्रघाती एमसीसी सम्झौता भएको बेला प्रतिगामी राज्य व्यवस्थाले घोषणा गरेको कथित निर्वाचनलाई शसक्त रूपमा बहिस्कार गर्ने उहाँले बताउनुभयो ।
त्यस्तैगरी क्रान्तिकारी माओवादी जिल्ला सचिवालय तथा जिल्ला समितिको पुर्ण बैठकले जिम्मेवारी समेत हेरफेर गर्दै जिल्ला सेक्रेटरी चोलाको स्वास्थ्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश सदस्य समरलाई कार्यबहाक जिल्ला सेक्रटरीको जिम्मेवारी दिएको छ ।
बैठकले देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रदेश भेलाको लागि प्रतिनिधिमा जिल्ला संयोजक चुडामणी भण्डारी र कमल तमुलाई पठाउने निर्णय लिएको कार्यबहाक सेक्रेटरी समरले जानकारी दिनुभयो ।