Jilla Ban Notis

जिल्ला स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु ।

0 34

कृष्ण ढकाल
बर्दघाट,चैत्र–११
पश्चिम नवलपरासीमा आज देखि जिल्ला स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बर्दघाट नगर खेलकुद् विकास समितिको आयोजना र बर्दघाट ब्याडमिन्टन क्लबको सह–आयोजनामा प्रतियोगिता संचालन भएको हो ।

मेन्स डबल्स बि लेभव तर्फको ११ गते र भेट्रान्स (४५ वर्ष माथि) को १२ गते प्रतियोगिता गर्ने गरी शुरु भएको उक्त जिल्ला स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स बि लेभव तर्फ नवलपरासी जिल्ला भित्रका र भेट्रान्स (४५ वर्ष माथि) को खेलमा साविक नवलपरासी जिल्ला सहित लुम्बिनी प्रदेश सम्पूर्ण खेलाडीहरुलाई सहभागि गराईने आयोजक बर्दघाट नगर खेलकुद् विकास समितिका अध्यक्ष सान्तोष श्रेष्ठले बताउनु भएको छ ।

५० बढी जोडीको सहभागिता रहने प्रतियोगितामा मेन्स डबल्स बि लेभव तर्फ प्रथम हुने जोडीले २० हजार सिल,मेडल तथा प्रमाणपत्र ,द्धितिय हुनेले १५ हजार सिल,मेडल तथा प्रमाणपत्र र तृतिय हुनेले १० हजार नगद,सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।
त्यसैगरी
भेट्रान्स (४५ वर्ष माथि) का प्रतियोगि प्रथमहुने जोडीले २५ हजार सिल,मेडल तथा प्रमाणपत्र ,द्धितिय हुनेले १५ हजार सिल,मेडल तथा प्रमाणपत्र र तृतिय हुनेले १० हजार नगद,सिल,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सह–आयोजक बर्दघाट ब्याडमिन्टन क्लबका अध्यक्ष बेल बहादुर छन्त्यालले बताउनु भएको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमका विच बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले समुद्घाटन गर्नु भएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै नगर प्रमुख बस्यालले व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न ब्याडमिन्टन खेलले महत्वपूर्ण योगदान गर्ने बताउनु भएको थियो । उहांले शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति ब्याडमिन्टन खेल महत्वपूर्ण रहेको महशुस गरेर बर्दघाट नगरले आफ्नो नगरका तीन स्थानमा कभर्डहलहरु निमार्ण गरीएको बताउनु भएको थियो ।

बर्दघाट नगर खेलकुद् विकास समितिका अध्यक्ष सान्तोष श्रेष्ठको अध्यक्षता र नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समुद्घाटन कार्यक्रममा नगर उप–प्रमुखु माया देवि पौडेल,जिल्ला ब्याडमिन्टन क्लबका अध्यक्ष शंकर भण्डारी, बर्दघाट ब्याडमिन्टन क्लबका अध्यक्ष बेल बहादुर छन्त्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

तारा गौतमको स्वागत मन्तब्यवाट शुरु भएको समुद्घाटन कार्यक्रम शिव कोईरालाको संचालनमा सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.