Sarawal sit lahar Notis

पश्चिम् नवलपरासीमा सञ्चारिका समुह गठन ,अध्यक्षमा शान्ति वि.क.

0 50

चैत –३
पश्चिम् नवलपरासीमा सञ्चारिका समुह पुन गठन गरिएको छ । बर्दघाटमा हिजो भएको समुहको भेलाले शान्ति बि क को अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको
उपाध्यक्षमा उर्मिला यादव, सचिवमा रचना चौधरी, कोषाध्यक्षमा लक्ष्मी अर्याल, सहसचिवमा सम्झना भण्डारी रहनु भएको छ भने सदस्यहरुमा निलम के।सि। र डोल कुमारी चौधरी रहनु भएको छ ।

यस्तै गरि कार्यक्रममा अध्यक्ष बि ।क ले समुहले जिल्लामा पत्रकार महिलाको संख्या तथा गुणस्तर वृद्धिका लागि काम गर्ने बताउनु भएको छ । उहाले जिल्लामा पत्रकार महिलाहरु सक्रिय रुपमा अघि बढे पनि महिला पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि अझै पनि तालिमको आवश्यकता रहेको समेत जोड दिनु भएको थियो।

Leave A Reply

Your email address will not be published.